काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण शहीद स्मारक ‘बी’ डिभिजन लिगमा पनि ‘फेयर प्ले ह्याण्डसेक’ बन्द गरिएको छ।
आज ब्वाइज युनियन क्लब र मध्यपुर युथ एशाेसिएसनबीचको खेलमा दुई टीमका खेलाडी र अफिसियलबीच ‘ह्याण्डसेक’ को सट्टा नमस्कारको प्रयोग गरिएको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना भाइरस संक्रमणकै कारण सबै नयाँ प्रतियोगिता तत्कालका लागि रद्द गर्ने निर्णय गरिसकेको छ। ‘बी’ डिभिजन लिगको सम्बन्धमा पनि एन्फाले २४ फागुनमा क्लबहरूसँग छलफल गरेको थियो। बहुमत क्लब सदस्यहरूले दर्शकका ठूलो भीड नहुने भएकाले तत्काल लिग नरोक्ने निष्कर्ष निकालेको थियो।
तथापि एन्फाले आजबाट ‘बी’ डिभिजन लिगमा ‘फेयर प्ले ह्याण्डसेक’ नगर्ने निर्णय गरेको छ। ‘बी’ डिभिजनसँगै मोफसलमा भइरहेको प्रतियोगितामा पनि ‘फेयर प्ले ह्याण्डसेक’ नगर्न अनुरोध गर्ने लिग कमिटीका निर्देशक संजीव मिश्रले बताए।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा ब्वाइज युनियन र मध्यपुर युथले गोलरहित बराबरी खेले। बराबरीसँगै अंक बाढेको ब्वाइज युनियनको सात अंक भएको छ। ब्वाइज युनियनले दुई खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ। एक खेल हारेको छ।
मध्यपुर युथको यो पहिलो अंक हो। यसअघि मध्यपुर युथ तीन खेलमा पराजित भएको थियो। बराबरीसँगै मध्यपुर युथ एक स्थान माथि उक्लिएर ११औं स्थानमा उक्लिएको छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण शहीद स्मारक ‘बी’ डिभिजन लिगमा पनि ‘फेयर प्ले ह्याण्डसेक’ बन्द गरिएको छ।आज ब्वाइज युनियन क्लब र मध्यपुर युथ एशाेसिएसनबीचको खेलमा दुई टीमका खेलाडी र अफिसियलबीच ‘ह्याण्डसेक’ को सट्टा नमस्कारको प्रयोग गरिएको थियो।

">