काठमाडौं। एक हजार ५०० स्वयंसेवक शिक्षकका लागि १२ हजार भन्दा बढीको आवेदन परेको छ।
आगामी शैक्षिक सत्र २०७७ को वैशाखदेखि चैतसम्म काम गर्नेगरी स्वयंसेवक शिक्षकका लागि आवेदन आह्वान गरिएको थियो।
आवेदनका लागि आज राति १२ बजेसम्म अन्तिम म्याद छ। अनलाइन फारममार्फत् स्नातक र स्नातकोत्तर पास भएकाले आवेदन दिन सक्नेछन्।
अहिलेसम्म १२ हजार बढीको आवेदन परेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले बताए। “अहिलेसम्म १२ हजार भन्दा बढीको आवेदन परेको छ। आज राति १२ सम्म समय भएकाले अझै बढ्न सक्छन्। भोलिदेखि फाइल अगाडि बढ्छ” महानिर्देशक थपलियाले देखापढीसँग भने।
यो संख्या धेरै भएको केन्द्रले जनाएको छ। शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) नचाहिने भएकाले यसप्रति धेरैको आकर्षण भएको हुनसक्ने थपलियाको भनाइ छ।
सरकारी विद्यालयमा पढाउन स्वयंसेवक शिक्षकका लागि सरकारले १० दिने सूचना निकालेको थियो। स्वयंसेवक शिक्षकहरूले स्थानीय तहका विद्यालयमा अध्यापन गराउनुपर्नेछ। अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरू शिक्षक हुन पाउने छन्।
निवेदन दिएकाहरूले पेश गरेको कागजपत्र हेरेर शिक्षक छनौट गरिने थपलियाले बताए। केन्द्रले छनोट गरेर शिक्षकको नाम स्थानीय पालिकामा पठाइने र पालिकाले विद्यालयहरूमा पठाउन थपलियाको भनाइ छ।
केन्द्रले छानेर पठाएका स्वयंसेवक शिक्षकलाई विद्यालयले नियुक्ति दिएर वैशाखदेखि काममा लगाउनुपर्ने उनले बताए।
७५३ स्थानीय तहमध्ये ६६८ तहमा शिक्षक अभाव छ। शिक्षक अभाव कम गर्न शिक्षा मन्त्रालयले स्वयंसेवक शिक्षक अवधारणा अघि सारेको थियो। ‘चिनौँ आफ्नो माटो, बनाऔं आफ्नै देश’ भन्ने नारासहित बजेटमा उक्त कार्यक्रम समेटिएको थियो।
स्वंयसेवक शिक्षक राख्न शिक्षा मन्त्रालयले २९ माघमा मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि बनाएको थियो।
आगामी शैक्षिक सत्रको वैशाखदेखि नै काम गर्नेगरी स्थानीय तहमा पठाइने थपलियाको भनाइ छ।
यस्तो छ सेवा सुविधाः
स्वयंसेवक शिक्षकले मासिक निर्वाह भत्ता पाउनेछन्। सुगम क्षेत्रको विद्यालयमा पढाउने स्नातक तह उत्तीर्ण गरेको शिक्षकलाई मासिक तलब २४ हजार प्रदान गरिनेछ भने भौगोलिक क्षेत्रअनुसार दुर्गम क्षेत्रमा काम गर्नेको तलब ३० हजार छ।
त्यस्तै, स्नातकोत्तर गरेकाले सुगम क्षेत्रको विद्यालयमा पढाउँदा २६ हजार र दुर्गम क्षेत्रका विद्यालयमा पढाउँदा ३२ हजार रूपैयाँ मासिक निर्वाह भत्ता पाउनेछन्। स्वयंसेवक परिचालन कार्यविधि २०७६ अनुसार उनीहरूको सेवा सुविधा तोकिएको हो।
विद्यालयबाट नियुक्ति लिएको सात दिनभित्र पढाउन हाजिर नभए नियुक्ति स्वतः बदर हुनेछ। यस्ता शिक्षकको एक विद्यालयबाट अर्कोमा सरूवा नहुने र जागिर छाड्नु परे दुई महीना अगाडि नै जानकारी दिनुपर्नेछ। स्वंयसेवक शिक्षकले सातामा २४ पिरियड पढाउनुपर्नेछ। यस्ता शिक्षकले महीनामा एक दिन भई परिआउने र पर्व बिदा लिन पाउनेछन्।
" /> काठमाडौं। एक हजार ५०० स्वयंसेवक शिक्षकका लागि १२ हजार भन्दा बढीको आवेदन परेको छ।आगामी शैक्षिक सत्र २०७७ को वैशाखदेखि चैतसम्म काम गर्नेगरी स्वयंसेवक शिक्षकका लागि आवेदन आह्वान गरिएको थियो।

">