काठमाडौं। पाँच लाख रूपैयाँ ठगी प्रकरणमा मुछिएका नायक अनमोल केसीले स्पष्टिकरण दिएका छन्।
चलचित्र ‘धुपौरा’का लागि पाँच लाख रूपैयाँ अग्रिम लिएर काम नगरेको भन्दै उनीविरुद्ध फिल्म्स नेपाल, जयन श्रेष्ठ इन्टरटेनमेन्ट प्रालिका तर्फबाट निर्माताद्वय जयन श्रेष्ठ र रुपेश खड्कीले प्रहरीमा उजुरी दिएका थिए।
उक्त आरोपबारे सामाजिक सञ्जाल फेसबुकमार्फत् अनमोलले स्पष्टिकरण दिएका हुन्। केहीदिन चलचित्र ‘ए मेरो हजुर–४’ को छायांकनका क्रममा व्यस्त रहेकाले उक्त आरोपको विषयमा स्पष्टिकरण दिन नसकेको केसीले बताएका छन्।
“स्क्रिप्टमा थप मिहिनेत गरेर अझै राम्रो सिनेमा बनाउन आग्रह गरेको थिएँ। तर, उहाँहरूले त्यही स्क्रिप्टमा सुटिङमा जान मलाई कर गर्नुभयो जुन मैले मानिनँ”, अनमोलले फेसबुकमा लेखेका छन्, “यही कुरामा मत बाझियो र यही स्क्रिप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईंहरूको पैसा फिर्ता लिन सक्नुहुन्छ भन्दा उहाँहरूले लिन मान्नु भएन।”
करीब ३/४ महीना पहिले उक्त चलचित्रमा आफूले ‘साइन’ गरेको भन्दै स्क्रिप्टमा अझै मिहिनेत गरेर राम्रो बनाउन आग्रह गर्दा ठगीको आरोप लागेको उल्लेख गरेका छन्।
आफूले ‘वानलाइन स्टोरी’ सुनेको आधारमा चलचित्रमा साइन गरेको भन्दै पछि स्क्रिप्ट फरक आएपछि त्यसमा थप मिहिनेत गर्न भनेको तर, उनीहरूले त्यही स्क्रिप्टमा छायांकनका लागि दबाब दिएपछि आफूले काम नगरेको उनको भनाइ छ।
आफूले यस्तो आग्रह गर्दा पनि ठगीको आरोप लगाएको सुन्दा अचम्ममा परेको उनको भनाइ छ। आफूले लिएको पैसा जतिबेला पनि फिर्ता लैजान सक्ने अनमोल बताएका छन्।
छायांकनको क्रममा काठमाडौं बाहिर रहेका बेला आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै उनले आपत्ति जनाएका छन्।
पढ्नुहोस्
" /> काठमाडौं। पाँच लाख रूपैयाँ ठगी प्रकरणमा मुछिएका नायक अनमोल केसीले स्पष्टिकरण दिएका छन्।चलचित्र ‘धुपौरा’का लागि पाँच लाख रूपैयाँ अग्रिम लिएर काम नगरेको भन्दै उनीविरुद्ध फिल्म्स नेपाल, जयन श्रेष्ठ इन्टरटेनमेन्ट प्रालिका तर्फबाट निर्माताद्वय जयन श्रेष्ठ र रुपेश खड्कीले प्रहरीमा उजुरी दिएका थिए।

">