बैलौरी–१० का वडाध्यक्ष हरिलाल चौधरीले २०२३ सालमा नापी भएका जमिनहरू सर्वे टोलीले भारततर्फ परेको देखाएको बताए। वर्षौंदेखि भोगचलन गर्दै आएको जमिन गुम्ने खतरा बढेको उनको भनाइ छ।
संयुक्त सीमा सर्वे टोलीले नेपालतर्फको जमिनमा पिल्लर गाड्नका लागि खाल्डो खनेको देखेपछि स्थानीयले विरोध जनाएका छन्। स्थानीयको विरोधपछि अहिले सीमा सर्वेको काम भने रोकिएको छ।
सीमा सर्भेका क्रममा विवाद देखिएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा विवादित क्षेत्र बेलौरी पुगेका थिए।
उनले नेपाली भूमि भारततर्फ नियतवश देखाइएको नभई नयाँ प्रविधिको प्रयोग गरी गरिएको नक्शांकनले त्यस्तो देखाएको हुन सक्ने बताए। उनले अहिले जारी नयाँ नक्शाअनुसार भारतीय भूमि पनि नेपालतर्फ देखिएको उनको भनाइ छ।
संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट प्रमुखसमेत रहेका नापी कार्यालय कैलालीका प्रमुख सुदर्शनसिंह धामीले विवादपछि तत्कालका लागि सर्वेको काम स्थगित गरिएको बताए। उनले सर्वपक्षीय छलफलबाट काम अघि बढाइने बताएका छन्।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सीमा समस्या समाधान गर्न आज कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, अन्तर्राष्ट्रिय सीमा सरोकार समूहलगायतले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
पत्रमा सुगौली सन्धिपश्चात स्थापना गरिएका आधार सीमा स्तम्भ (जंगे पिलर)लाई अन्तर्राष्ट्रिय सीमा रेखाङ्कनको आधार बनाउन र नियतवश सारिएका, गायब पारिएका पिल्लरलाई खोजी गरेर पुनःस्थापना गर्न माग गरिएको छ।
महाकाली सन्धिताका भएका जग्गा सट्टा भर्नासम्बन्धी विवरण सार्वजनिक गर्न, ऐतिहासिककालदेखि भोगचलन भएको अतिक्रमित जमिन फिर्ता गर्नुपर्ने, सीमा क्षेत्रमा हुने समस्याबाट जनताको सुरक्षाका लागि प्रत्येक दुई किलोमिटरमा सीमा सुरक्षा बल स्थापना गर्न माग गरिएको छ।
एकतर्फी तयार गरिएको स्ट्रिप नक्शा पुनरावलोकन तथा उक्त नक्शा गर्ने तत्कालीन टोलीका मधुकर मास्के नेतृत्वको टोलीमाथि छानबिन गरेर कारबाही गर्न माग गरिएको छ।
"> लालपूर्जा नेपाली, जग्गा भारतीय नक्शामा !: Dekhapadhi
लालपूर्जा नेपाली, जग्गा भारतीय नक्शामा !
सीमा सर्वे टोलीले भारतीय नक्शामा देखाएर पिल्लर बनाउन थालेपछि कञ्चनपुर बैलौरी–८ र वडा नंं १० का सीमावासीलाई लालपूर्जा गुम्ने चिन्ताले सताएको छ।
बेलौरी–१० का बलिराम चौधरीले आफ्नो झण्डै सवा दुई बिघा जग्गा सर्वे टोलीले भारतीय नक्शामा देखाएको बताए। उनले लालपुर्जा भएको जग्गा आफूले भोगचलन गर्न पाउनुपर्ने र सीमा साविक कायम रहेकै स्थानमा यथावत् राख्नुपर्ने माग गरेका छन्।
सीमा सर्वे टोलीसँगै रहेका बेलौरी नगरपालिका नगर प्रमुख पोतिलाल चौधरीले सीमासम्बन्धी विवाद आए समस्या हल गर्न कुनै कसर बाँकी नराख्ने बताए।
उनका अनुसार बेलौरी,  पुनर्वास र बेल्डाँगी गाउँपालिका क्षेत्रको झण्डै एक सय बिघा जमिन भारततर्फ परेको छ। त्यहाँका स्थानीयले सो जग्गा २०२३ सालदेखि भोगचलन गर्दै आएका थिए।
बैलौरी–१० का वडाध्यक्ष हरिलाल चौधरीले २०२३ सालमा नापी भएका जमिनहरू सर्वे टोलीले भारततर्फ परेको देखाएको बताए। वर्षौंदेखि भोगचलन गर्दै आएको जमिन गुम्ने खतरा बढेको उनको भनाइ छ।
संयुक्त सीमा सर्वे टोलीले नेपालतर्फको जमिनमा पिल्लर गाड्नका लागि खाल्डो खनेको देखेपछि स्थानीयले विरोध जनाएका छन्। स्थानीयको विरोधपछि अहिले सीमा सर्वेको काम भने रोकिएको छ।
सीमा सर्भेका क्रममा विवाद देखिएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा विवादित क्षेत्र बेलौरी पुगेका थिए।
उनले नेपाली भूमि भारततर्फ नियतवश देखाइएको नभई नयाँ प्रविधिको प्रयोग गरी गरिएको नक्शांकनले त्यस्तो देखाएको हुन सक्ने बताए। उनले अहिले जारी नयाँ नक्शाअनुसार भारतीय भूमि पनि नेपालतर्फ देखिएको उनको भनाइ छ।
संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट प्रमुखसमेत रहेका नापी कार्यालय कैलालीका प्रमुख सुदर्शनसिंह धामीले विवादपछि तत्कालका लागि सर्वेको काम स्थगित गरिएको बताए। उनले सर्वपक्षीय छलफलबाट काम अघि बढाइने बताएका छन्।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सीमा समस्या समाधान गर्न आज कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, अन्तर्राष्ट्रिय सीमा सरोकार समूहलगायतले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
पत्रमा सुगौली सन्धिपश्चात स्थापना गरिएका आधार सीमा स्तम्भ (जंगे पिलर)लाई अन्तर्राष्ट्रिय सीमा रेखाङ्कनको आधार बनाउन र नियतवश सारिएका, गायब पारिएका पिल्लरलाई खोजी गरेर पुनःस्थापना गर्न माग गरिएको छ।
महाकाली सन्धिताका भएका जग्गा सट्टा भर्नासम्बन्धी विवरण सार्वजनिक गर्न, ऐतिहासिककालदेखि भोगचलन भएको अतिक्रमित जमिन फिर्ता गर्नुपर्ने, सीमा क्षेत्रमा हुने समस्याबाट जनताको सुरक्षाका लागि प्रत्येक दुई किलोमिटरमा सीमा सुरक्षा बल स्थापना गर्न माग गरिएको छ।
एकतर्फी तयार गरिएको स्ट्रिप नक्शा पुनरावलोकन तथा उक्त नक्शा गर्ने तत्कालीन टोलीका मधुकर मास्के नेतृत्वको टोलीमाथि छानबिन गरेर कारबाही गर्न माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्