काठमाडाैं। काठमाडौं, कञ्चनपुर, कैलाली, कपिलवस्तु, बैतडी र रौतहटका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सातजनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-१४, कुलेश्वरस्थित सडकमा बा २४ प ३४०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बा १६ च ६९४९ नम्बरको कारमा ठाेक्कियाे। दुर्घटनामा मोटरसाइकल चालक कुलेश्वरका ६५ वर्षीय ओमकाजी श्रेष्ठको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिका-३, पशुपति टोलस्थित सडकमा सुदूरपश्चिम ०१-००१ ह ३८१ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक ३५ वर्षीय अर्जुन धामीको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ।
यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-८ मा म २ प ५२२ नम्बर र से ४ प ६९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठाेक्किँदा गम्भीर घाइते भएका म २ प ५२२ नम्बरका मोटरसाइकल चालक दिन दयाल रानाको आज बिहान प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य दुईजनालाई थप उपचारको लागि कोहलपुर लगिएको छ।
कैलाली, गौरीगंगा नगरपालिका-३, कुचैनीस्थित सडकमा से ७ प ९११८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय लोकबहादुर खत्रीको सेती प्रादेशिक अस्पातल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुईजनाको पद्मा अस्पताल प्रा.लि.अत्तरियामा उपचार भइरहेको छ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-५, बभनी चोकस्थित सडकमा यूपी ५५ जेड ६०८७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया तर्जुन निशाको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा गयराति मृत्यु भएको छ। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बैतडी, पाटन नगरपालिका-६ स्थित सडकमा धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको अनटेष्ट लेखिएको जीप आज बिहान सडकबाट झण्डै अढाइ सय मिटर तल खस्दा चालक दार्चुला दुहु गाउँपालिका-२ बस्ने ३६ वर्षीय धनसिंह बडालको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ६ जनाकाे धनगढी र काेहलपुरमा उपचार भइरहेकाे छ।
रौतहट, चन्द्रपुर नगरपालिका-१ स्थित सडकमा रोकी राखेको ना ६ ख ७०१३ नम्बरको ट्रकमा ना ६ ख ३८२२ नम्बरको ट्रक आज बिहान ठाेक्किँदा ना ६ ख ३८२२ नम्बरको ट्रकका सहचालक धनुषा गणेशमान नाथ नगरपालिका-४ बस्ने २० वर्षीय विनोदकुमार यादवको घटनास्थलमै मृत्यु भएको छ। ना ६ ख ७०१३ नम्बरको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
" /> काठमाडाैं। काठमाडौं, कञ्चनपुर, कैलाली, कपिलवस्तु, बैतडी र रौतहटका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सातजनाको मृत्यु भएको छ।काठमाडौं महानगरपालिका-१४, कुलेश्वरस्थित सडकमा बा २४ प ३४०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बा १६ च ६९४९ नम्बरको कारमा ठाेक्कियाे। दुर्घटनामा मोटरसाइकल चालक कुलेश्वरका ६५ वर्षीय ओमकाजी श्रेष्ठको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको छ।

">