काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउनेतर्फ ध्यान केन्द्रित गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत प्रहरी कार्यालयहरूका प्रहरी अधिकृतहरूलाई संगठनले लिएको लक्ष्य र उदेश्य अनुरूप आ-आफ्नो दायित्व पूरा गर्न केन्द्रित हुन निर्देशन दिए।
प्रहरी महानिरीक्षक ज्ञवालीले समाजमा शान्ति, सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रहरी अझ बढी संवेदनशील एवम् सक्रिय रूपमा प्रस्तुत हुनुपर्ने बताए।
“कर्मचारीहरूको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सिपकासाथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्छ”, उनले भने।
उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको चुनौतीको समाधानका लागि त्यसमा संलग्न सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताउँदै उनले उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिक केन्द्रित सेवा प्रदान गर्नुपर्ने बताए।
हुण्डी कारोबारी, कालो बजारी, चोरी निकासी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने उनको भनाइ छ।
“संगठनको श्रीवृद्धि गर्नका लागि सबै प्रहरी कर्मचारीहरूले व्यावसायिक निष्ठाका तथा लगनशीलताको प्रदर्शनी गर्नुपर्छ”, उनले भने, “संगठनले सुम्पेको दायित्वलाई दृढ संकल्पकासाथ पूरा गर्न उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै उच्च मनोबल सहित अगाडि बढ्नुपर्छ।”
" /> काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउनेतर्फ ध्यान केन्द्रित गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत प्रहरी कार्यालयहरूका प्रहरी अधिकृतहरूलाई संगठनले लिएको लक्ष्य र उदेश्य अनुरूप आ-आफ्नो दायित्व पूरा गर्न केन्द्रित हुन निर्देशन दिए।

">