काठमाडौं। अष्ट्रेलियाले आज भारतलाई हराउँदै आईसीसी महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। अष्ट्रेलियाका लागि एलिसा हेली र बेथ मूनीको अर्धशतक तथा मेगान स्कट र जेस जोनासेन मिलेर सात विकेट लिएपछि जित निकाल्न सहज बन्याे।
अष्ट्रेलियाले यस प्रतियोगिताको उपाधि जितेको यो पाँचौंपटक हो। यसअघि २०१०, २०१२ र २०१४ मा लगातार जितेर उपाधिमा ह्याट्रिक गरेको अष्ट्रेलियाले २०१८ मा पनि उपाधि जितेको थियो।
एलिसा हेलीले ७५ तथा बेथ मूनीले अविजित ७८ रन बनाएपछि मेलबर्न क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले चार विकेट गुमाएर १८४ रन बनाएको थियो। मेगान स्कट र जेस जोनासेन मिलेर सात विकेट लिएपछि १८५ रनको लक्ष्य पछ्याएको भारतले पाँच बल बाँकी छँदा सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो।
एलिसा हेली र बेथ मूनीले ११.४ ओभरमा पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए। हेलीले ३९ बलमा सात चौका र पाँच छक्कासहित ७५ रन बनाएकी हुन्। मूनीले ५४ बलमा दश चौकासहित अविजित ७८ रन बनाए। भारतकी दिप्ती शर्माले दुई विकेट लिइन् भने पूनम यादव र राधा यादवले समान एक विकेट लिए।
मेगान स्कटले ३.१ ओभरमा १८ रन दिएर चार विकेट लिइन् भने जेस जोनासेनले चार ओभरमा २० रन दिएर तीन विकेट लिइन्।
भारतका लागि दिप्ती शर्माले सबभन्दा धेरै ३३ रन बनाइन् भने बेदा कृष्णमूर्तिले १९ र ऋचा घोषले १८ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
" /> काठमाडौं। अष्ट्रेलियाले आज भारतलाई हराउँदै आईसीसी महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। अष्ट्रेलियाका लागि एलिसा हेली र बेथ मूनीको अर्धशतक तथा मेगान स्कट र जेस जोनासेन मिलेर सात विकेट लिएपछि जित निकाल्न सहज बन्याे।अष्ट्रेलियाले यस प्रतियोगिताको उपाधि जितेको यो पाँचौंपटक हो। यसअघि २०१०, २०१२ र २०१४ मा लगातार जितेर उपाधिमा ह्याट्रिक गरेको अष्ट्रेलियाले २०१८ मा पनि उपाधि जितेको थियो।

">