नायिका आँचलको घरमा बिहेको रौनक, आज संगीत साँझ

काठमाडौं। नायिका आँचल शर्मा २९ फागुनमा वैवाहिक बन्धनमा बाधिँदैछिन्।

प्रेमी डा. उदीप श्रेष्ठसँग वैवाहिक बन्धनमा बाँधिन लागेकी आँचलको घरमा विवाहको रौनक शुरू भएको छ।

विवाहको तयारी समेत लगभग सकिएको आँचलले बताइन्। १२ फागुनमा इन्गेजमेन्ट गरेकी आँचलले केही दिन अगाडि साथीहरूलाई ब्याचलर पार्टी दिएकी थिइन्।

विवाहलाई लिएर उनी एकदमै उत्साहित बनेकी छन्। देखापढीसँगको कुराकानीमा आँचलले भनिन्, “आफन्तलाई कार्ड पठाउने र सपिङको काम लगभग पूरा भएको छ।”

उनको घरमा संगीत साँझ आज राखिएको छ। संगीत साँझका लागि सीमित फिल्मकर्मी तथा साथीभाइलाई आमन्त्रण गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्