जनकपुरधाम। सामाजिक सद्भावको सन्देशलाई प्रगाढ बनाउने समानताको पर्व होली पर्वको आगमनसँगै मिथिलाञ्चलमा रौनकता छाएको छ। भव्य एवं आकर्षक ढङ्गले पर्व मनाउन आवश्यक सामग्रीको किनमेलका साथै खासगरी ग्रामीण क्षेत्रमा होलीको गीतले वातावरण गुञ्जयमान भएकाले रौनकता छाएको हो।

यो पर्वलाई असत्यमाथि सत्यको जितका रूपमा लिइन्छ। आपसी प्रेम प्रतीकका रूपमा रहेको यस पर्वको माध्यमबाट एकापसका भातृत्वको भावना जागृत गर्नु नै मुख्य उद्देश्य हो।

खासगरी, जनकपुरधाममा मध्यमिथिला डोला परिक्रमाको सहभागीद्वारा जनकपुरधामको अन्तगृह परिक्रमा समापन गरेको भोलिपल्ट होली मनाउने गरिएको छ। ग्रामीण क्षेत्रमा सरस्वती पूजाको दिनदेखि बेलुकीको समयमा होलीको पारम्परिक गीत, जोगिरा गाएर होली पर्वको शुभारम्भ हुने गर्छ।

कोरोना भाइरसबाट जोगिनका लागि भिडभाड नगर्न स्थानीय प्रशासनले आग्रह गरेपछि विगतको तुलनामा होली पर्व मनाउनेको उत्साहमा केही कमी आएको महसुस गरिएको छ। तर, होलीपर्व आफ्ना परिवार, इष्टमित्रसँग रुघाखोकी, सर्दी नलागेका व्यक्तिसँग सामान्य ढङ्गले मनाउन सकिने चिकित्सकहरूले पनि सुझाव दिएपछि पर्व मनाउने उत्साहित छन्।

सोही विषयलाई मध्यनजर गर्दै जनकपुरको मिथिला नाट्य कला परिषद्(मिनाप)ले यस वर्ष मनाउन लागेको फागु गीत प्रतियोगिता र महामुर्ख सम्मेलनमा सहभागीबीच मास्क वितरण र अबिरको सट्टा फूल दिएर होली पर्व मनाउन लागिएको सो परिषद्का अध्यक्ष परमेश झाले बताए। ग्रामीण क्षेत्रमा होली पर्वका दिन मानिस एक ठाउँमा एकत्रित भएर बाजागाजाका साथ पारम्परिक होलीका गीत, जोगिरा गाउँदै प्रत्येकको घरघरमा पुगेर शुभआशिष दिने गर्छन्।

यस पर्वका अवसरमा मलपूवा, दालपुरी अनिवार्यरूपमा पकाइन्छ। घरको कूलदेउतासहितका देउतालाई प्रसादको रूपमा अर्पण गरिन्छ। रासस

" /> जनकपुरधाम। सामाजिक सद्भावको सन्देशलाई प्रगाढ बनाउने समानताको पर्व होली पर्वको आगमनसँगै मिथिलाञ्चलमा रौनकता छाएको छ। भव्य एवं आकर्षक ढङ्गले पर्व मनाउन आवश्यक सामग्रीको किनमेलका साथै खासगरी ग्रामीण क्षेत्रमा होलीको गीतले वातावरण गुञ्जयमान भएकाले रौनकता छाएको हो।

यो पर्वलाई असत्यमाथि सत्यको जितका रूपमा लिइन्छ। आपसी प्रेम प्रतीकका रूपमा रहेको यस पर्वको माध्यमबाट एकापसका भातृत्वको भावना जागृत गर्नु नै मुख्य उद्देश्य हो।

खासगरी, जनकपुरधाममा मध्यमिथिला डोला परिक्रमाको सहभागीद्वारा जनकपुरधामको अन्तगृह परिक्रमा समापन गरेको भोलिपल्ट होली मनाउने गरिएको छ। ग्रामीण क्षेत्रमा सरस्वती पूजाको दिनदेखि बेलुकीको समयमा होलीको पारम्परिक गीत, जोगिरा गाएर होली पर्वको शुभारम्भ हुने गर्छ।

कोरोना भाइरसबाट जोगिनका लागि भिडभाड नगर्न स्थानीय प्रशासनले आग्रह गरेपछि विगतको तुलनामा होली पर्व मनाउनेको उत्साहमा केही कमी आएको महसुस गरिएको छ। तर, होलीपर्व आफ्ना परिवार, इष्टमित्रसँग रुघाखोकी, सर्दी नलागेका व्यक्तिसँग सामान्य ढङ्गले मनाउन सकिने चिकित्सकहरूले पनि सुझाव दिएपछि पर्व मनाउने उत्साहित छन्।

सोही विषयलाई मध्यनजर गर्दै जनकपुरको मिथिला नाट्य कला परिषद्(मिनाप)ले यस वर्ष मनाउन लागेको फागु गीत प्रतियोगिता र महामुर्ख सम्मेलनमा सहभागीबीच मास्क वितरण र अबिरको सट्टा फूल दिएर होली पर्व मनाउन लागिएको सो परिषद्का अध्यक्ष परमेश झाले बताए। ग्रामीण क्षेत्रमा होली पर्वका दिन मानिस एक ठाउँमा एकत्रित भएर बाजागाजाका साथ पारम्परिक होलीका गीत, जोगिरा गाउँदै प्रत्येकको घरघरमा पुगेर शुभआशिष दिने गर्छन्।

यस पर्वका अवसरमा मलपूवा, दालपुरी अनिवार्यरूपमा पकाइन्छ। घरको कूलदेउतासहितका देउतालाई प्रसादको रूपमा अर्पण गरिन्छ। रासस

"> अबिरको सट्टा फूल दिएर होली मनाइने: Dekhapadhi
अबिरको सट्टा फूल दिएर होली मनाइने
जनकपुरधाम। सामाजिक सद्भावको सन्देशलाई प्रगाढ बनाउने समानताको पर्व होली पर्वको आगमनसँगै मिथिलाञ्चलमा रौनकता छाएको छ। भव्य एवं आकर्षक ढङ्गले पर्व मनाउन आवश्यक सामग्रीको किनमेलका साथै खासगरी ग्रामीण क्षेत्रमा होलीको गीतले वातावरण गुञ्जयमान भएकाले रौनकता छाएको हो।

यो पर्वलाई असत्यमाथि सत्यको जितका रूपमा लिइन्छ। आपसी प्रेम प्रतीकका रूपमा रहेको यस पर्वको माध्यमबाट एकापसका भातृत्वको भावना जागृत गर्नु नै मुख्य उद्देश्य हो।

खासगरी, जनकपुरधाममा मध्यमिथिला डोला परिक्रमाको सहभागीद्वारा जनकपुरधामको अन्तगृह परिक्रमा समापन गरेको भोलिपल्ट होली मनाउने गरिएको छ। ग्रामीण क्षेत्रमा सरस्वती पूजाको दिनदेखि बेलुकीको समयमा होलीको पारम्परिक गीत, जोगिरा गाएर होली पर्वको शुभारम्भ हुने गर्छ।

कोरोना भाइरसबाट जोगिनका लागि भिडभाड नगर्न स्थानीय प्रशासनले आग्रह गरेपछि विगतको तुलनामा होली पर्व मनाउनेको उत्साहमा केही कमी आएको महसुस गरिएको छ। तर, होलीपर्व आफ्ना परिवार, इष्टमित्रसँग रुघाखोकी, सर्दी नलागेका व्यक्तिसँग सामान्य ढङ्गले मनाउन सकिने चिकित्सकहरूले पनि सुझाव दिएपछि पर्व मनाउने उत्साहित छन्।

सोही विषयलाई मध्यनजर गर्दै जनकपुरको मिथिला नाट्य कला परिषद्(मिनाप)ले यस वर्ष मनाउन लागेको फागु गीत प्रतियोगिता र महामुर्ख सम्मेलनमा सहभागीबीच मास्क वितरण र अबिरको सट्टा फूल दिएर होली पर्व मनाउन लागिएको सो परिषद्का अध्यक्ष परमेश झाले बताए। ग्रामीण क्षेत्रमा होली पर्वका दिन मानिस एक ठाउँमा एकत्रित भएर बाजागाजाका साथ पारम्परिक होलीका गीत, जोगिरा गाउँदै प्रत्येकको घरघरमा पुगेर शुभआशिष दिने गर्छन्।

यस पर्वका अवसरमा मलपूवा, दालपुरी अनिवार्यरूपमा पकाइन्छ। घरको कूलदेउतासहितका देउतालाई प्रसादको रूपमा अर्पण गरिन्छ। रासस

प्रतिक्रिया दिनुहोस्