काठमाडौं। बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकार कुन्दन भनिने नरेन्द्रकुमार फौजदारलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेर आज सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रहरीले मुख्य योजनाकार फौजदारलाई सार्वजनिक गरेको हो।
“आफ्नो गाउँघरमा लुकिछिपी बसेको भन्ने सुराकीको आधारमा पक्राउ गर्न सफल भएका हौं”, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, डीएसपी गौतम मिश्रले भने, “उनको घर घेरा हालेर हामीले नियन्त्रणमा लिएका हौं।”
उनका अनुसार नियन्त्रणमा लिने क्रममा परिवार तथा छिमेकीहरूले अवरोध गर्न खोजेपछि ४ राउण्ड हवाई फायर समेत गरिएको थियो।
बाराको बारागढी नगरपालिका– ६ स्थित फौजदारको घरबाट पक्राउ गरिएको हो। “यसअघि दुईतीन पटक पक्राउ गर्न खोजिएको थियो”, प्रहरी उपरीक्षक कृष्ण पंगेनीले भने, “यो पटक भने पूरै तयारीपछि हामी पक्राउ गर्न सफल भएका हौं।” उनको आवागमनलाई प्रहरीले निगरानीमा राखेर काम गरिरहेको थियो।
उनका अनुसार पत्रकार साहको हत्यामा संलग्न ५ जनामध्ये फौजदारसहित अहिलेसम्म तीनजना पक्राउ परिसकेका छन्। अन्य दुईजना भने अझै फरार छन्। प्रहरीले फौजदारलाई पक्राउ गरिसकेपछि फरार रहेका अन्य दुईजनाको खोजी कार्य पनि तीब्र बनाएको छ।
हत्यामा संलग्न मनेजर गिरी भने ११ वर्ष सजाय भुक्तानी गरेर कैदमुक्त भइसकेका छन्। रामएकवाल सहनी भने सजाय काटिरहेका छन्।
एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार साहलाई १८ असोज २०६४ मा बाराको पिपरा बजारबाट अपहरण गरी टाँगिया बस्ती जंगलमा लगेर हत्या गरिएको थियो। तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले साहको हत्या गरेका थिए। साहको शव बारा गाविस डुमरवाना–७ स्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा २२ कात्तिक २०६४ मा फेला परेको थियो।
प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार साहको हत्याका मुख्य योजनाकार फौजदारविरुद्ध थुप्रै मुद्दा रहेका छन्। “उनी अरु कुन कुन अपराधमा संलग्न छन् भन्ने कुरामा हामी हेर्दैछौं”, उनले भने,“आवश्यक अनुसन्धान सकेर भोलि हामी जिल्ला अदालतमा उपस्थित गराउने छौं।”
हत्यामा संलग्न मनेजर गिरी १९ असोज २०६५ मा र रामएकवाल सहनी २१ पुस २०६५ मा पक्राउ परेका थिए।
अदालतले उनीहरुलाई सर्वस्वसहित जन्म कैद हुने फैसला गरेको थियो।
फौजदार पक्राउ नपरेकाले बारा जिल्ला अदालतले १६ जेठ २०६९, पुनरावेदन अदालत हेटौंडाको १६ साउन २०६९ र सर्वोच्च अदालतको २० पुस २०७३ को फैसलाले फरार करार गरेर मुद्दा मुल्तबिमा राखेको थियो।
फौजदार संलग्न अन्य अपराध
फौजदारसमेतका ८ जना मिलेर २० कात्तिक २०६८ मा बाराको गडहल गाविस– ५ बस्ने दिपेन्द्रप्रसाद यादव समेतको घरबाट हातहतियार देखाएर कुटपिट गरि सुन चाँदीका गरगहना र नगद समेत गरेर तीनलाख लुटपाट गरेको मुद्दामासमेत फरार सूचीमा थिए।
त्यस्तै, २४ जेठ २०७५ मा बारा कलैया उपमहानगरपालिका– १ स्थित सडकमा सवारी साधन चेकजाँचको क्रममा ना.२ ह.१५५८ नम्बरको अटोमा लागूऔषध फेनारगन ७७ पिस, नुर्फिन २५ पिस र डाईजेल्याव १ पिस फेला परेको लागूऔषध मुद्दामासमेत संलग्नता रहेको प्रहरीको विवरणले देखाएको छ।
उनीविरुद्ध यस्ता दर्जनौं मुद्दा रहेको प्रहरीले बताएको छ।
पढ्नुहोस्
वीरेन्द्र साहः जसलाई हामीले बिर्सियौं
बाराका पत्रकार विरेन्द्र साह हत्याका मुख्य अभियुक्त नरेन्द्र फौजदार पक्राउ
" /> काठमाडौं। बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकार कुन्दन भनिने नरेन्द्रकुमार फौजदारलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेर आज सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रहरीले मुख्य योजनाकार फौजदारलाई सार्वजनिक गरेको हो।

">