(तत्कालीन माओवादी कार्यकर्ताहरूले १८ असोज २०६४ मा अपहरण गरेका बाराका पत्रकार वीरेन्द्र साहको शव २२ कात्तिकमा बाराको डुमरवाना-७ टागियावस्ती नजिकै जङ्गलमा भेटिएको थियो। यो अपराधमा संलग्न मुख्य अभियुक्त नरेन्द्र फौजदार अदालतले दोषी ठहर गरेपछि पनि फरार थिए। उनलाई आज बिहान बाराकै बारागढी–५ स्थित घरबाट प्रहरीले पक्राउ गरेको छ। 
खोज पत्रकारिता केन्द्रले सन् २०१० मा प्रकाशन गरेको पुस्तक ‘नेपालमा दण्डहीनताः सङ्क्रमणकालका ज्यादतीहरूको अध्ययन मा पत्रकार वीरेन्द्र साहबारे पनि एक अध्याय समेटिएको छ। पत्रकार शिव गाउँलेको नेतृत्वमा विनोद भट्टराई, भुवन केसी, विमलप्रसाद ढकाल, गंगा बिसी तुलानारायण शाहको समूहले गरेको उक्त अध्ययन रिपोर्टको अध्याय-२ मा समेटिएको ‘वीरेन्द्र साहः दोषी पुरस्कृत’ शीर्षकको आलेखलाई यहाँ पुनः प्रकाशन गरिएको छ-
 सं.)

नेपालमा भएको सशस्त्र द्वन्द्व (२०५२–२०६२) मा १३ हजारभन्दा बढी मानिस मारिए। यसक्रममा धेरै निर्दोष मानिसहरू मानवअधिकार उल्लङ्घनको सिकार भए। व्यवस्थित छानबिन गरी यस्ता घटनाका दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु जरुरी छ। पीडित परिवारसँगको सहकार्यले मेलमिलाप र शान्ति सुनिश्चित गर्छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्यांक अनुसार सशस्त्र द्वन्द्वमा १३,३४७ (८३७७ राज्यबाट र ४९७० माओवादीबाट) मानिस मारिए। हत्या लगायतका ज्यादतीमध्ये थोरै घटनाको मात्रै गहिरोसँग अनुसन्धान भएको छ। अनुसन्धान नभएकाले धेरै घटनाका दोषीहरूमाथि कानुनी कारबाही हुनसकेको छैन। 

दोषी पुरस्कृत
१८ असोज २०६४ अपरान्ह बारा जिल्लाको उम्जन गाविसको पिपरा भन्ने ठाउँबाट अपहरणमा परेका थिए पत्रकार वीरेन्द्र साह। तर, २२ कात्तिक २०६४ का दिन बारा जिल्लाकै डुमरवाना गाविस वडा नम्बर ७ स्थित टागियावस्ती नजिकै जङ्गलमा गाडिएको अवस्थामा उनको शव भेटियो।

३४ वर्षीय साह दृष्टि साप्ताहिक, एभिन्यूज टेलिभिजन, नेपाल एफएमका लागि बारा जिल्लाबाट समाचार लेख्ने गर्थे। उनी नेकपा (एमाले) निकटका पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पनि थिए।

वीरेन्द्र साहसँगै अपहरणमा परेका  रामदेव दासले प्रहरीलाई बताएअनुसार माओवादी  नेता लालबहादुरचौधरीले “वीरेन्द्र र तपाईंलाई हामीले अपहरण गरेका हौँ। वीरेन्द्रजी हाम्रो पार्टी (माओवादी)को ‘रेड बुक’ मा परेको व्यक्ति हो उहाँलाई सफाया (हत्या) गर्ने निर्देशन छ” भनेका थिए। त्यसपछि चौधरीले दासलाई केही पर लगेर “तिमीले वीरेन्द्रलाई माओवादीले होइन अज्ञात समूहले अपहरण गर्‍यो भनिदिनु पर्‍यो” भनेका थिए।

वीरेन्द्रसँगै अपहरित भएर मुक्त भएका रामदेव दासले जिल्ला प्रहरी कार्यालय बारालाई बताए अनुसार, १८ असोज २०६४ का दिन उनी र वीरेन्द्र साह सहजनाथ साझेदारी वन व्यवस्थापन समितिको कार्यालय पुगेर काठ खरिद गरी स्थानीय पिपरा बजारमा जियालालको होटलमा खाजा खान बसेका थिए।

त्यहीवेला माओवादी कार्यकर्ताहरू कुन्दन फौजदार र रामएकवाल सहनी आएर ‘अवैध काठ समातेका छौं समाचार बनाउनु पर्‍यो’ भनेका थिए। वीरेन्द्रले ‘क्यामरा ल्याएको छैन, म मात्रै जान्नँ’ भनेपछि कुन्दनले वीरेन्द्रको र रामएकवाल सहनीले रामदेवको ढाडमा पेस्तोल तेर्स्याइ अपहरण गरेका थिए।

अपहरण गर्न दुई वटा मोटरसाइकल प्रयोग गरिएको थियो। आफूहरू पछाडि बसेर अपहरणकारीले पत्रकारद्वयलाई मोटरसाइकल चलाउन लगाई चारकोसे झाडीतर्फ लगेका थिए। नेपाल पत्रकार महासंघले घटनाबारे अध्ययन गर्न गठन गरेको टोलीले २३ असोज २०६४ मा काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्‍यो।

‘पत्रकार साहको अपहरण नेकपा (माओवादी)ले गरेको’ भन्ने प्रतिवेदनको निष्कर्ष थियो। ‘पत्रकार साह जीवित रहेको हुनसक्ने बारेमा शङ्का गर्नुपर्ने अवस्था उत्पन्न हुँदै गएको’ भन्दै प्रतिवेदनमा ‘राष्ट्रिय–अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि अपहरित पत्रकार साहको अवस्था कस्तो छ र उहाँलाई कहाँ राखिएको छ भन्ने जानकारी कतैबाट नआएको कारण उहाँ जीवित अवस्थामा रहेको आशा गर्दागर्दै पनि शङ्का गर्नुपर्ने देखिएको’ भनिएको थियो।

दासले प्रहरीसमक्ष बताए अनुसार, अपहरण गरेपछि उनीहरूलाई केही पर जङ्गल नजिकैको फुसको घरनेर लगेर अर्का माओवादी कार्यकर्ता हरेराम पटेलको जिम्मा लगाइएको थियो।

तर, करिब १० मिनेटपछि नै फेरि कुन्दन र रामएकवाल दुवै त्यहाँ आएका थिए र कुन्दनले रामदेवलाई ‘हामीसँग हिँड’ भन्दा उनी मानेनन्।

त्यसपछि हरेराम पटेलले आफ्नै मोटरसाइकलमा चढाएर रामदेवलाई नजिकैको सखुवा गाउँमा लिएर गए जहाँ स्थानीय माओवादी नेता लालबहादुर चौधरी बसिरहेका थिए।

आफूहरू अपहरित भएपछिको घटना विवरण प्रहरीसमक्ष बताउँदै दासले आफूलाई कसरी मुक्त गरिएको थियो भनेर विस्तृत रूपमा बताएका छन्।

दासका अनुसार, त्यसपछि चौधरीले “वीरेन्द्र र तपाईंलाई हामीले अपहरण गरेका हौँ। वीरेन्द्रजी हाम्रो पार्टी (माओवादी)को ‘रेड बुक’ मा परेको व्यक्ति हो उहाँलाई सफाया (हत्या) गर्ने निर्देशन रहेकाले मैले पार्टीमा बुझाउनुपर्छ” भनेका थिए।

त्यसपछि चौधरीले दासलाई केही पर लगेर “तिमीले वीरेन्द्रलाई माओवादीले होइन अज्ञात समूहले अपहरण गर्‍यो भनिदिनु पर्‍यो” भनेका थिए।

चौधरीको कुरा सुनेपछि दासले “कुन्दन र रामएकवालले देखेका छन् उनीहरूले हल्ला गरिहाल्छन् नि” भनेपछि चौधरीले “रामएकवाल र कुन्दनको नाम आएपनि मेरो नाम चाहिँ आउनुभएन” भनेका थिए।

चौधरीको नाम नभन्ने कुरा दासले नमानेपछि उनलाई कुटपिट गरिएको थियो। दासका भनाइमा, यही वेला स्थानीय भुवनेश्वर धामी र जङ्गबहादुर साह मोटरसाइकल चढेर त्यहाँ आइपुगेका थिए।

नेपाल पत्रकार महासंघको घटना विवरण सङ्कलन टोलीलाई स्थानीय बासिन्दाहरूले ‘पत्रकारद्वयलाई अपहरण गरेर नजिकैको गाउँमा लगिएको, अपहरणकारी कुन्दनले आफ्नो अनुहार कालोपट्टीले छोपेको र त्यहाँ उसले हतियारसमेत देखाएको’ बताएका थिए।

त्यसपछि जङ्गबहादुर साहले मोटरसाइकलमा राखेर दासलाई प्रहरी चौकी गन्जभवानीपुरमा जिम्मा लगाइदिएका थिए। अपहरणमा संलग्नहरू त्यस क्षेत्रमा चिनिएका माओवादी कार्यकर्ता थिए। स्थानीय बासिन्दाहरूले पनि अपहरणमा उनीहरूको संलग्नता भएको पुष्टि गरेका छन्।

नेपाल पत्रकार महासंघको घटना विवरण सङ्कलन टोलीलाई स्थानीय बासिन्दाहरूले ‘पत्रकारद्वयलाई अपहरण गरेर नजिकैको गाउँमा लगिएको, अपहरणकारी कुन्दनले आफ्नो अनुहार कालोपट्टीले छोपेको र त्यहाँ उसले हतियारसमेत देखाएको’ बताएका थिए। उनीहरूका भनाइमा, “वीरेन्द्र र रामदेवलाई गाउँबाट केही पर पुर्‍याउँदा त्यहाँ माओवादीका स्थानीय नेता लालबहादुर चौधरी पनि देखिएका थिए।”

लालबहादुर चौधरी बारा जिल्ला क्षेत्र नं ४ का माओवादी इन्चार्ज र कुन्दन सो पार्टीका स्थानीय कार्यकर्ता थिए। माओवादीका तत्कालीन जिल्ला इञ्चार्ज अनिलले नेपाल पत्रकार महासंघको टोलीलाई “कुन्दनले अपहरण गरेको भन्ने आफूले सुनेको तर उसलाई यसअघि नै पार्टीले कारबाही गरेर निकालिसकेको” बताएका थिए।

महासंघको टोलीसँग अनिलले भनेका थिए, “अराजक गतिविधिमा लागेर, आफ्नै सहकर्मीलाई एम्बुस विच्छ्याएको मानिस भएकाले उसलाई कारबाही गरिसकिएको छ।” तर, माओवादीले कारबाही गरिसकेको भने पनि कुन्दन फौजदार त्यस वेला (२०६४ कात्तिक) माओवादीको थारुवान मुक्ति मोर्चाको जिल्ला अध्यक्ष थिए।

महासंघको टोलीलाई अनिलले “यसमा रिसइबी पनि छ भन्ने आफूले सुनेको र घटना के हो भनेर आफूले बुझ्ने” बताएका थिए। लालबहादुर पत्रकार साहका छिमेकी समेत हुन्। दुई परिवारबीच सम्बन्ध राम्रो नभएको वीरेन्द्र साहकी पत्नी उमारवती देवीले आफ्ना पतिलाई लालबहादुरले पटक–पटक धम्की दिने गरेको भनेर महासंघको टोलीसमक्ष बताएबाट पनि पुष्टि हुन्छ।

त्यसैगरी वीरेन्द्र साहको हत्या अभियोगमा थुनामा रहेका मनेजर गिरीले ३ कात्तिक २०६५ मा जिल्ला प्रहरी कार्यालय बारालाई बताए अनुसार पनि उनीहरूको पारिवारिक सम्बन्ध राम्रो नरहेको बुझ्न सकिन्छ।

मनेजर गिरीले प्रहरीलाई, “वीरेन्द्रका दाजु महेन्द्र साह तेलीले तराई जनतान्त्रिक मुक्ति मोर्चा गठन गरी ३ असार २०६४ मा लालबहादुर चौधरीको घरमा बम विस्फोट गराई घरमा भएको सामान समेत डकैती गरी लगेको” भन्ने बयान दिएका थिए।

अपहरण भएको एकसातासम्म पनि वीरेन्दैको अवस्था थाहा नभएपछि पत्रकारहरूको आन्दोलन चर्किंदै गएको थियो। साहलाई रिहा नगरेको भनेर सांसद्, पत्रकार र अधिकारकर्मीहरूबाट माओवादीको आलोचना हुनथाल्यो। अनुसन्धानका लागि सक्रियता नदेखाएको भनेर गृह–प्रशासन र चासो नदिएको भनेर माओवादीको संसद्मा पनि विरोध हुन थाल्यो।

कान्तिपुर दैनिकका अनुसार यसैबीचमा राष्ट्रिय मानवअधिकार आयोगले वीरेन्द्र साहको अपहरण माओवादी कार्यकर्ताले गरेको भन्दै यसमा संलग्नहरूमाथि कानुन अनुसार कारबाही गर्न माग गर्‍यो।

नेपालमा ज्यान सम्बन्धी मामिला मुलुकी ऐनको ज्यान सम्बन्धी महल अनुसार कारबाही हुन्छ जस अनुसार ज्यान मार्ने काम गरेको भन्ने अभियोग प्रमाणित भएमा सर्वस्वसहित जन्म कैदसम्म हुनसक्ने व्यवस्था छ। मानवअधिकार आयोगले अपहरणमा माओवादी कार्यकर्ताहरू कुन्दन फौजदार, रामएकवाल, लालबहादुर चौधरी र हरेराम पटेल संलग्न रहेको जनाएको थियो।

१७ कात्तिकमा आएर स्थानीय गढीमाई एफएमलाई अन्तर्वार्ता दिँदै माओवादी कार्यकर्ता कुन्दन फौजदारले आफूले पत्रकार साहलाई अपहरण गरेको स्वीकार गरे। पार्टीको निर्देशनमा आफूले सो काम गरेको उनको भनाइ थियो।

२९ असोजमा व्यवस्थापिका संसद्द्वारा गठित संसदीय अध्ययन टोलीले आफ्नो प्रतिवेदन सार्वजनिक गर्‍यो। पत्रकार साहको अपहरण माओवादी पक्षबाट भएको किटानी गर्दै समितिले भनेको थियो, “साहको अपहरणमा माओवादीका पूर्व जनसरकार प्रमुख लालबहादुर चौधरी, थारुवान मुक्ति मोर्चाका जिल्ला अध्यक्ष कुन्दन फौजदार, माओवादी कार्यकर्ता रामएकवाल सहनी र हरेराम पटेल संलग्न देखिएका छन्।”

अपहरणकर्ताहरूको पहिचान भएकाले अपराधीलाई तत्काल कारबाही गर्न समितिले सरकारलाई निर्देशन दिएको थियो। समितिमा नेकपा (एमाले) सभासद् उर्मिला अर्याल संयोजक र नेकपा (माओवादी) का तिलक परियार, नेपाली काङ्ग्रेसका कमला पन्त र नेपाल मजदुर किसान पार्टीका लिला न्याइच्याइँ सदस्य थिए।

१७ कात्तिकमा आएर स्थानीय गढीमाई एफएमलाई अन्तर्वार्ता दिँदै माओवादी कार्यकर्ता कुन्दन फौजदारले आफूले पत्रकार साहलाई अपहरण गरेको स्वीकार गरे।

पार्टीको निर्देशनमा आफूले सो काम गरेको उनको भनाइ थियो। अन्तर्वार्तामा फौजदारले भनेका थिए, “अपहरणपछि साहलाई चौधरीको जिम्मा लगाएको हो, त्यसपछि उनीहरूले साहलाई के गरे मलाई थाह छैन।”

अपहरण भएको एक महिना बितिसक्दा पनि स्थिति थाहा हुन नसकेपछि बाराको अमलेखगञ्ज क्षेत्रमा शव खोज्ने क्रम शुरु भयो। जङ्गलमा भेटिएका एउटा शव पत्रकार साहको हुनसक्ने अनुमान गरेर प्रहरीले त्यसको ‘भिसेरा’ परीक्षणको लागि भारत पठाएको बतायो।

साहका आफन्तले शव पहिचान गर्न नसकेपछि परीक्षण गर्न पठाइएको प्रहरीको भनाइ थियो। १९ कात्तिकमा आएर माओवादीले मुख खोल्यो।

घटना छानबिन गर्न पार्टीले गठन गरेको समितिका संयोजक हरिभक्त कँडेल (प्रतीक) ले पत्रकार सम्मेलन गरेर पत्रकार साहलाई आफ्ना स्थानीय कार्यकर्ताले अपहरण गरेकै दिन (१८ असोज २०६४ अपरान्ह) गोली हानी हत्या गरेको बताए।

पत्रकार सम्मेलनमा उनले ‘माओवादी जिल्ला सदस्य लालबहादुर चौधरीसहित रामएकवाल सहनी र कुन्दन फौजदार घटनामा प्रत्यक्ष संलग्न भएको’ स्वीकार गरे। तर, अर्का आरोपित हरेराम पटेल भने निर्दाेष रहेका उनको दाबी थियो।

कँडेलका अनुसार, ‘मुख्य अभियुक्त चौधरी माओवादी जिल्ला सदस्य तथा एरिया इन्चार्ज, पटेल एरिया सेक्रेटरी र अन्य दुई जना स्थानीय कार्यकर्ता हुन्।

कँडेलको प्रतिवेदन अनुसार, चौधरीकै निर्देशनमा फैजदार र सहनीले पत्रकार साहलाई सपहीको जुगुवा र ककरी गाविसबीच सखुवाबाट दुई किलोमिटर उत्तरतर्फ जङ्गलछेउ कुलाको खाली चौरमा लगेका थिए।

त्यसपछि सहनीले साहको कन्चट र छातीमा एक-एक गोली प्रहार गरेका थिए (पत्रकार साहलाई टाउकोमा गोली हानी हत्या गरिएको थियो भन्ने पुष्टि शव परीक्षण प्रतिवेदनबाट पनि हुन्छ)।

प्रतिवेदन अनुसार, हत्या गरेपछि उनीहरूले चौधरीकै निर्देशनमा खाल्टो खनेर पुरेका थिए।

पत्रकार सम्मेलनमा कँडेलले भनेका थिए, “पत्रकारमाथि कुनै पनि किसिमको बल प्रयोग नगर्ने पार्टी नीति र निर्णय हुँदाहुँदै पनि व्यक्तिवादी र अराजक प्रवृत्तिका कारण पत्रकार साहको अपहरणमा स्थानीय कार्यकर्ताको संलग्नताले पार्टीलाई अझ गम्भीर एवं चिन्तित बनाएको छ। 

हत्यामा संलग्न भएकालाई कारबाही गर्ने जिम्मेवारी हाम्रो पनि हो। कारबाहीका निम्ति सहयोग माग गरे सरकारलाई सहयोग गर्न तयार छौं।” तर, हाल थुनामा रहेका अभियुक्त रामएकवाल सहनीले वीरेन्द्र साहको हत्याका बारेमा आफूमाथि लागेका आरोपहरू अस्वीकार गरेका छन्।

अदालतमा बयान दिने क्रममा सहनीले “आफू डेढ वर्षअघि भारतको पञ्जावमा काम गर्न गएको र ५ महिना पहिले मात्रै घर फर्किएको” बताएर घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। २२ कात्तिकमा बारा जिल्लाको डुमरवाना ७ स्थित टागियावस्ती नजिकै जङ्गलमा गाडिएको अवस्थामा साहको शव भेटिएको थियो।

प्रहरीले राजधानीबाट झिकाएका तालिमप्राप्त कुकुरको सहयोगमा शव गाडिएको ठाउँ पत्ता लागेको बताएको थियो। खाल्डो खनेर हेर्दा शव घोप्टो पारेर पुरिएको, कलम, चस्मा, प्रेस कार्ड र नागरिकताको प्रमाणपत्र साथैमा थियो। सो खाल्डोमा गोलीका खोका समेत भेटिएका थिए।

पत्रकार साहको २३ कात्तिकमा परम्परा अनुसार दाहसंस्कार गरियो। यो मुद्दा अहिले पनि बारा जिल्ला अदालतमा विचाराधीन छ। साहको अपहरण र हत्यामा संलग्न भएको अभियोगमा रामएकवाल सहनी र मनेजर गिरी पुर्पक्षका निम्ति वीरगञ्ज जेलमा छन्।

घटनाका बारेमा थाहा पाउनेहरूले गरेको वस्तुस्थिति मुचुल्कामा ‘लालबहादुरको संलग्नता देखिएकाले उनका सहयोगी मनेजर गिरी पनि संलग्न भएको विश्वास लाग्छ’ भन्ने बयान दिएका छन्।

त्यसै आधारमा बारा जिल्ला अदालतले पनि “वस्तुस्थिति मुचुल्काका कतिपय व्यक्तिहरूले पनि प्रतिवादी (गिरी) को संलग्नता भएकोमा विश्वास लाग्छ भनी कागज गरेको अवस्थामा ‘कसुर वारदातमा यी प्रतिवादीको समेत संलग्नता नरही निज विल्कुलै निर्दोष रहेछन् भनी भन्न सकिने अवस्था नरहेकाले’ पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई पुर्पक्षका लागि थुनामा राख्ने” भन्ने आदेश दिएको थियो।

तर, गिरी लालबहादुर चौधरीको सहयोगी हुन् भन्ने बाहेक प्रहरीले उनीविरुद्ध कुनै स्वतन्त्र प्रमाण जुटाउन सकेको छैन। यस्तो अवस्थामा मनेजर गिरीलाई थुनामा राख्नुको आधार स्पष्ट हुन्न। 

नागरिक दैनिकले प्रकाशित गरेको एक समाचार अनुसार अपहरणका मुख्य अभियुक्त कुन्दन फौजदार अहिले (२०६६ मङ्सिर) श्री गम्भीरब्रज किशोर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् भने हरेराम पटेल रामजानकी प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा छन्।

लालबहादुर चौधरी सार्वजनिक भएका छैनन् तर उनी अहिले पनि माओवादी पार्टीको जिल्ला तहमा छन्। २३ असोज २०६६ मा बाराको कलैयास्थित शिक्षक तालिम केन्द्रमा एकीकृत माओवादीका सेक्रेटरी शम्भु मण्डलको अध्यक्षतामा सम्पन्न जिल्ला स्तरीय बैठकले लालबहादुर चौधरी र कुन्दन फौजदार लगायतलाई जिल्ला समितिको सचिवालय सदस्यमा राखेको छ।

अज्ञात समाचार स्रोतलाई उद्धृत गर्दै नागरिक दैनिकले दिएको समाचार अनुसार, ५७ सदस्यीय सचिवालय सदस्यमा ५४ नम्बरमा लालबहादुर चौधरीको नाम र ५६ नम्बरमा कुन्दन फौजदारको नाम रहेको छ।

पढ्नुहाेस्

बाराका पत्रकार विरेन्द्र साह हत्याका मुख्य अभियुक्त नरेन्द्र फौजदार पक्राउ

" /> (तत्कालीन माओवादी कार्यकर्ताहरूले १८ असोज २०६४ मा अपहरण गरेका बाराका पत्रकार वीरेन्द्र साहको शव २२ कात्तिकमा बाराको डुमरवाना-७ टागियावस्ती नजिकै जङ्गलमा भेटिएको थियो। यो अपराधमा संलग्न मुख्य अभियुक्त नरेन्द्र फौजदार अदालतले दोषी ठहर गरेपछि पनि फरार थिए। उनलाई आज बिहान बाराकै बारागढी–५ स्थित घरबाट प्रहरीले पक्राउ गरेको छ। 

"> वीरेन्द्र साहः जसलाई हामीले बिर्सियौं: Dekhapadhi
वीरेन्द्र साहः जसलाई हामीले बिर्सियौं <p style="text-align:justify"><em>(तत्कालीन माओवादी कार्यकर्ताहरूले १८ असोज २०६४ मा अपहरण गरेका बाराका पत्रकार <strong>वीरेन्द्र साह</strong>को शव २२ कात्तिकमा बाराको डुमरवाना-७ टागियावस्ती नजिकै जङ्गलमा भेटिएको थियो। यो अपराधमा संलग्न मुख्य अभियुक्त नरेन्द्र फौजदार अदालतले दोषी ठहर गरेपछि पनि फरार थिए। उनलाई आज बिहान बाराकै बारागढी&ndash;५ स्थित घरबाट प्रहरीले पक्राउ गरेको छ।&nbsp;<br /> खोज पत्रकारिता केन्द्रले सन् २०१० मा प्रकाशन गरेको पुस्तक &lsquo;<strong><a href="https://asiafoundation.org/resources/pdfs/Nepaliimpunitydesign.pdf" target="_blank">नेपालमा दण्डहीनताः सङ्क्रमणकालका ज्यादतीहरूको अध्ययन</a>&rsquo;</strong> मा पत्रकार वीरेन्द्र साहबारे पनि एक अध्याय समेटिएको छ। पत्रकार <strong>शिव गाउँले</strong>को नेतृत्वमा <strong>विनोद भट्टराई, भुवन केसी, विमलप्रसाद ढकाल, गंगा बिसी </strong>र<strong> तुलानारायण शाह</strong>को समूहले गरेको उक्त अध्ययन रिपोर्टको अध्याय-२ मा समेटिएको &lsquo;<strong>वीरेन्द्र साहः दोषी पुरस्कृत&rsquo; </strong>शीर्षकको आलेखलाई यहाँ पुनः प्रकाशन गरिएको छ-</em>&nbsp;सं.)</p> <p style="text-align:justify">नेपालमा भएको सशस्त्र द्वन्द्व (२०५२&ndash;२०६२) मा १३ हजारभन्दा बढी मानिस मारिए। यसक्रममा धेरै निर्दोष मानिसहरू मानवअधिकार उल्लङ्घनको सिकार भए। व्यवस्थित छानबिन गरी यस्ता घटनाका दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु जरुरी छ। पीडित परिवारसँगको सहकार्यले मेलमिलाप र शान्ति सुनिश्चित गर्छ।</p> <p style="text-align:justify">अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्यांक अनुसार सशस्त्र द्वन्द्वमा १३,३४७ (८३७७ राज्यबाट र ४९७० माओवादीबाट) मानिस मारिए। हत्या लगायतका ज्यादतीमध्ये थोरै घटनाको मात्रै गहिरोसँग अनुसन्धान भएको छ। अनुसन्धान नभएकाले धेरै घटनाका दोषीहरूमाथि कानुनी कारबाही हुनसकेको छैन।&nbsp;</p> <p style="text-align:justify"><strong>दोषी पुरस्कृत</strong><br /> १८ असोज २०६४ अपरान्ह बारा जिल्लाको उम्जन गाविसको पिपरा भन्ने ठाउँबाट अपहरणमा परेका थिए पत्रकार वीरेन्द्र साह। तर, २२ कात्तिक २०६४ का दिन बारा जिल्लाकै डुमरवाना गाविस वडा नम्बर ७ स्थित टागियावस्ती नजिकै जङ्गलमा गाडिएको अवस्थामा उनको शव भेटियो।</p> <p style="text-align:justify">३४ वर्षीय साह दृष्टि साप्ताहिक, एभिन्यूज टेलिभिजन, नेपाल एफएमका लागि बारा जिल्लाबाट समाचार लेख्ने गर्थे। उनी नेकपा (एमाले) निकटका पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पनि थिए।</p> <blockquote> <p style="text-align:justify">वीरेन्द्र साहसँगै अपहरणमा परेका&nbsp; रामदेव दासले प्रहरीलाई बताएअनुसार माओवादी&nbsp; नेता लालबहादुरचौधरीले &ldquo;वीरेन्द्र र तपाईंलाई हामीले अपहरण गरेका हौँ। वीरेन्द्रजी हाम्रो पार्टी (माओवादी)को &lsquo;रेड बुक&rsquo; मा परेको व्यक्ति हो उहाँलाई सफाया (हत्या) गर्ने निर्देशन छ&rdquo; भनेका थिए। त्यसपछि चौधरीले दासलाई केही पर लगेर &ldquo;तिमीले वीरेन्द्रलाई माओवादीले होइन अज्ञात समूहले अपहरण गर्&zwj;यो भनिदिनु पर्&zwj;यो&rdquo; भनेका थिए।</p> </blockquote> <p style="text-align:justify">वीरेन्द्रसँगै अपहरित भएर मुक्त भएका रामदेव दासले जिल्ला प्रहरी कार्यालय बारालाई बताए अनुसार, १८ असोज २०६४ का दिन उनी र वीरेन्द्र साह सहजनाथ साझेदारी वन व्यवस्थापन समितिको कार्यालय पुगेर काठ खरिद गरी स्थानीय पिपरा बजारमा जियालालको होटलमा खाजा खान बसेका थिए।</p> <figure class="image" style="float:left"><img alt="" height="814" src="https://www.dekhapadhi.com/storage/photos/shares/Social/Nepali impunity CIJ.jpg" width="541" /> <figcaption></figcaption> </figure> <p style="text-align:justify">त्यहीवेला माओवादी कार्यकर्ताहरू कुन्दन फौजदार र रामएकवाल सहनी आएर &lsquo;अवैध काठ समातेका छौं समाचार बनाउनु पर्&zwj;यो&rsquo; भनेका थिए। वीरेन्द्रले &lsquo;क्यामरा ल्याएको छैन, म मात्रै जान्नँ&rsquo; भनेपछि कुन्दनले वीरेन्द्रको र रामएकवाल सहनीले रामदेवको ढाडमा पेस्तोल तेर्स्याइ अपहरण गरेका थिए।</p> <p style="text-align:justify">अपहरण गर्न दुई वटा मोटरसाइकल प्रयोग गरिएको थियो। आफूहरू पछाडि बसेर अपहरणकारीले पत्रकारद्वयलाई मोटरसाइकल चलाउन लगाई चारकोसे झाडीतर्फ लगेका थिए। नेपाल पत्रकार महासंघले घटनाबारे अध्ययन गर्न गठन गरेको टोलीले २३ असोज २०६४ मा काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्&zwj;यो।</p> <p style="text-align:justify">&lsquo;पत्रकार साहको अपहरण नेकपा (माओवादी)ले गरेको&rsquo; भन्ने प्रतिवेदनको निष्कर्ष थियो। &lsquo;पत्रकार साह जीवित रहेको हुनसक्ने बारेमा शङ्का गर्नुपर्ने अवस्था उत्पन्न हुँदै गएको&rsquo; भन्दै प्रतिवेदनमा &lsquo;राष्ट्रिय&ndash;अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि अपहरित पत्रकार साहको अवस्था कस्तो छ र उहाँलाई कहाँ राखिएको छ भन्ने जानकारी कतैबाट नआएको कारण उहाँ जीवित अवस्थामा रहेको आशा गर्दागर्दै पनि शङ्का गर्नुपर्ने देखिएको&rsquo; भनिएको थियो।</p> <p style="text-align:justify">दासले प्रहरीसमक्ष बताए अनुसार, अपहरण गरेपछि उनीहरूलाई केही पर जङ्गल नजिकैको फुसको घरनेर लगेर अर्का माओवादी कार्यकर्ता हरेराम पटेलको जिम्मा लगाइएको थियो।</p> <p style="text-align:justify">तर, करिब १० मिनेटपछि नै फेरि कुन्दन र रामएकवाल दुवै त्यहाँ आएका थिए र कुन्दनले रामदेवलाई &lsquo;हामीसँग हिँड&rsquo; भन्दा उनी मानेनन्।</p> <p style="text-align:justify">त्यसपछि हरेराम पटेलले आफ्नै मोटरसाइकलमा चढाएर रामदेवलाई नजिकैको सखुवा गाउँमा लिएर गए जहाँ स्थानीय माओवादी नेता लालबहादुर चौधरी बसिरहेका थिए।</p> <p style="text-align:justify">आफूहरू अपहरित भएपछिको घटना विवरण प्रहरीसमक्ष बताउँदै दासले आफूलाई कसरी मुक्त गरिएको थियो भनेर विस्तृत रूपमा बताएका छन्।</p> <p style="text-align:justify">दासका अनुसार, त्यसपछि चौधरीले &ldquo;वीरेन्द्र र तपाईंलाई हामीले अपहरण गरेका हौँ। वीरेन्द्रजी हाम्रो पार्टी (माओवादी)को &lsquo;रेड बुक&rsquo; मा परेको व्यक्ति हो उहाँलाई सफाया (हत्या) गर्ने निर्देशन रहेकाले मैले पार्टीमा बुझाउनुपर्छ&rdquo; भनेका थिए।</p> <p style="text-align:justify">त्यसपछि चौधरीले दासलाई केही पर लगेर &ldquo;तिमीले वीरेन्द्रलाई माओवादीले होइन अज्ञात समूहले अपहरण गर्&zwj;यो भनिदिनु पर्&zwj;यो&rdquo; भनेका थिए।</p> <p style="text-align:justify">चौधरीको कुरा सुनेपछि दासले &ldquo;कुन्दन र रामएकवालले देखेका छन् उनीहरूले हल्ला गरिहाल्छन् नि&rdquo; भनेपछि चौधरीले &ldquo;रामएकवाल र कुन्दनको नाम आएपनि मेरो नाम चाहिँ आउनुभएन&rdquo; भनेका थिए।</p> <p style="text-align:justify">चौधरीको नाम नभन्ने कुरा दासले नमानेपछि उनलाई कुटपिट गरिएको थियो। दासका भनाइमा, यही वेला स्थानीय भुवनेश्वर धामी र जङ्गबहादुर साह मोटरसाइकल चढेर त्यहाँ आइपुगेका थिए।</p> <blockquote> <p style="text-align:justify">नेपाल पत्रकार महासंघको घटना विवरण सङ्कलन टोलीलाई स्थानीय बासिन्दाहरूले &lsquo;पत्रकारद्वयलाई अपहरण गरेर नजिकैको गाउँमा लगिएको, अपहरणकारी कुन्दनले आफ्नो अनुहार कालोपट्टीले छोपेको र त्यहाँ उसले हतियारसमेत देखाएको&rsquo; बताएका थिए।</p> </blockquote> <p style="text-align:justify">त्यसपछि जङ्गबहादुर साहले मोटरसाइकलमा राखेर दासलाई प्रहरी चौकी गन्जभवानीपुरमा जिम्मा लगाइदिएका थिए। अपहरणमा संलग्नहरू त्यस क्षेत्रमा चिनिएका माओवादी कार्यकर्ता थिए। स्थानीय बासिन्दाहरूले पनि अपहरणमा उनीहरूको संलग्नता भएको पुष्टि गरेका छन्।</p> <p style="text-align:justify">नेपाल पत्रकार महासंघको घटना विवरण सङ्कलन टोलीलाई स्थानीय बासिन्दाहरूले &lsquo;पत्रकारद्वयलाई अपहरण गरेर नजिकैको गाउँमा लगिएको, अपहरणकारी कुन्दनले आफ्नो अनुहार कालोपट्टीले छोपेको र त्यहाँ उसले हतियारसमेत देखाएको&rsquo; बताएका थिए। उनीहरूका भनाइमा, &ldquo;वीरेन्द्र र रामदेवलाई गाउँबाट केही पर पुर्&zwj;याउँदा त्यहाँ माओवादीका स्थानीय नेता लालबहादुर चौधरी पनि देखिएका थिए।&rdquo;</p> <p style="text-align:justify">लालबहादुर चौधरी बारा जिल्ला क्षेत्र नं ४ का माओवादी इन्चार्ज र कुन्दन सो पार्टीका स्थानीय कार्यकर्ता थिए। माओवादीका तत्कालीन जिल्ला इञ्चार्ज अनिलले नेपाल पत्रकार महासंघको टोलीलाई &ldquo;कुन्दनले अपहरण गरेको भन्ने आफूले सुनेको तर उसलाई यसअघि नै पार्टीले कारबाही गरेर निकालिसकेको&rdquo; बताएका थिए।</p> <p style="text-align:justify">महासंघको टोलीसँग अनिलले भनेका थिए, &ldquo;अराजक गतिविधिमा लागेर, आफ्नै सहकर्मीलाई एम्बुस विच्छ्याएको मानिस भएकाले उसलाई कारबाही गरिसकिएको छ।&rdquo; तर, माओवादीले कारबाही गरिसकेको भने पनि कुन्दन फौजदार त्यस वेला (२०६४ कात्तिक) माओवादीको थारुवान मुक्ति मोर्चाको जिल्ला अध्यक्ष थिए।</p> <p style="text-align:justify">महासंघको टोलीलाई अनिलले &ldquo;यसमा रिसइबी पनि छ भन्ने आफूले सुनेको र घटना के हो भनेर आफूले बुझ्ने&rdquo; बताएका थिए। लालबहादुर पत्रकार साहका छिमेकी समेत हुन्। दुई परिवारबीच सम्बन्ध राम्रो नभएको वीरेन्द्र साहकी पत्नी उमारवती देवीले आफ्ना पतिलाई लालबहादुरले पटक&ndash;पटक धम्की दिने गरेको भनेर महासंघको टोलीसमक्ष बताएबाट पनि पुष्टि हुन्छ।</p> <p style="text-align:justify">त्यसैगरी वीरेन्द्र साहको हत्या अभियोगमा थुनामा रहेका मनेजर गिरीले ३ कात्तिक २०६५ मा जिल्ला प्रहरी कार्यालय बारालाई बताए अनुसार पनि उनीहरूको पारिवारिक सम्बन्ध राम्रो नरहेको बुझ्न सकिन्छ।</p> <p style="text-align:justify">मनेजर गिरीले प्रहरीलाई, &ldquo;वीरेन्द्रका दाजु महेन्द्र साह तेलीले तराई जनतान्त्रिक मुक्ति मोर्चा गठन गरी ३ असार २०६४ मा लालबहादुर चौधरीको घरमा बम विस्फोट गराई घरमा भएको सामान समेत डकैती गरी लगेको&rdquo; भन्ने बयान दिएका थिए।</p> <p style="text-align:justify">अपहरण भएको एकसातासम्म पनि वीरेन्दैको अवस्था थाहा नभएपछि पत्रकारहरूको आन्दोलन चर्किंदै गएको थियो। साहलाई रिहा नगरेको भनेर सांसद्, पत्रकार र अधिकारकर्मीहरूबाट माओवादीको आलोचना हुनथाल्यो। अनुसन्धानका लागि सक्रियता नदेखाएको भनेर गृह&ndash;प्रशासन र चासो नदिएको भनेर माओवादीको संसद्मा पनि विरोध हुन थाल्यो।</p> <p style="text-align:justify"><em>कान्तिपुर दैनिक</em>का अनुसार यसैबीचमा राष्ट्रिय मानवअधिकार आयोगले वीरेन्द्र साहको अपहरण माओवादी कार्यकर्ताले गरेको भन्दै यसमा संलग्नहरूमाथि कानुन अनुसार कारबाही गर्न माग गर्&zwj;यो।</p> <p style="text-align:justify">नेपालमा ज्यान सम्बन्धी मामिला मुलुकी ऐनको ज्यान सम्बन्धी महल अनुसार कारबाही हुन्छ जस अनुसार ज्यान मार्ने काम गरेको भन्ने अभियोग प्रमाणित भएमा सर्वस्वसहित जन्म कैदसम्म हुनसक्ने व्यवस्था छ। मानवअधिकार आयोगले अपहरणमा माओवादी कार्यकर्ताहरू कुन्दन फौजदार, रामएकवाल, लालबहादुर चौधरी र हरेराम पटेल संलग्न रहेको जनाएको थियो।</p> <blockquote> <p style="text-align:justify">१७ कात्तिकमा आएर स्थानीय <em>गढीमाई एफएम</em>लाई अन्तर्वार्ता दिँदै माओवादी कार्यकर्ता कुन्दन फौजदारले आफूले पत्रकार साहलाई अपहरण गरेको स्वीकार गरे। पार्टीको निर्देशनमा आफूले सो काम गरेको उनको भनाइ थियो।</p> </blockquote> <p style="text-align:justify">२९ असोजमा व्यवस्थापिका संसद्द्वारा गठित संसदीय अध्ययन टोलीले आफ्नो प्रतिवेदन सार्वजनिक गर्&zwj;यो। पत्रकार साहको अपहरण माओवादी पक्षबाट भएको किटानी गर्दै समितिले भनेको थियो, &ldquo;साहको अपहरणमा माओवादीका पूर्व जनसरकार प्रमुख लालबहादुर चौधरी, थारुवान मुक्ति मोर्चाका जिल्ला अध्यक्ष कुन्दन फौजदार, माओवादी कार्यकर्ता रामएकवाल सहनी र हरेराम पटेल संलग्न देखिएका छन्।&rdquo;</p> <p style="text-align:justify">अपहरणकर्ताहरूको पहिचान भएकाले अपराधीलाई तत्काल कारबाही गर्न समितिले सरकारलाई निर्देशन दिएको थियो। समितिमा नेकपा (एमाले) सभासद् उर्मिला अर्याल संयोजक र नेकपा (माओवादी) का तिलक परियार, नेपाली काङ्ग्रेसका कमला पन्त र नेपाल मजदुर किसान पार्टीका लिला न्याइच्याइँ सदस्य थिए।</p> <p style="text-align:justify">१७ कात्तिकमा आएर स्थानीय <em>गढीमाई एफएम</em>लाई अन्तर्वार्ता दिँदै माओवादी कार्यकर्ता कुन्दन फौजदारले आफूले पत्रकार साहलाई अपहरण गरेको स्वीकार गरे।</p> <p style="text-align:justify">पार्टीको निर्देशनमा आफूले सो काम गरेको उनको भनाइ थियो। अन्तर्वार्तामा फौजदारले भनेका थिए, &ldquo;अपहरणपछि साहलाई चौधरीको जिम्मा लगाएको हो, त्यसपछि उनीहरूले साहलाई के गरे मलाई थाह छैन।&rdquo;</p> <p style="text-align:justify">अपहरण भएको एक महिना बितिसक्दा पनि स्थिति थाहा हुन नसकेपछि बाराको अमलेखगञ्ज क्षेत्रमा शव खोज्ने क्रम शुरु भयो। जङ्गलमा भेटिएका एउटा शव पत्रकार साहको हुनसक्ने अनुमान गरेर प्रहरीले त्यसको &lsquo;भिसेरा&rsquo; परीक्षणको लागि भारत पठाएको बतायो।</p> <figure class="image" style="float:left"><img alt="" height="596" src="https://www.dekhapadhi.com/storage/photos/shares/Social/book chapter.jpg" width="515" /> <figcaption></figcaption> </figure> <p style="text-align:justify">साहका आफन्तले शव पहिचान गर्न नसकेपछि परीक्षण गर्न पठाइएको प्रहरीको भनाइ थियो। १९ कात्तिकमा आएर माओवादीले मुख खोल्यो।</p> <p style="text-align:justify">घटना छानबिन गर्न पार्टीले गठन गरेको समितिका संयोजक हरिभक्त कँडेल (प्रतीक) ले पत्रकार सम्मेलन गरेर पत्रकार साहलाई आफ्ना स्थानीय कार्यकर्ताले अपहरण गरेकै दिन (१८ असोज २०६४ अपरान्ह) गोली हानी हत्या गरेको बताए।</p> <p style="text-align:justify">पत्रकार सम्मेलनमा उनले &lsquo;माओवादी जिल्ला सदस्य लालबहादुर चौधरीसहित रामएकवाल सहनी र कुन्दन फौजदार घटनामा प्रत्यक्ष संलग्न भएको&rsquo; स्वीकार गरे। तर, अर्का आरोपित हरेराम पटेल भने निर्दाेष रहेका उनको दाबी थियो।</p> <p style="text-align:justify">कँडेलका अनुसार, &lsquo;मुख्य अभियुक्त चौधरी माओवादी जिल्ला सदस्य तथा एरिया इन्चार्ज, पटेल एरिया सेक्रेटरी र अन्य दुई जना स्थानीय कार्यकर्ता हुन्।</p> <p style="text-align:justify">कँडेलको प्रतिवेदन अनुसार, चौधरीकै निर्देशनमा फैजदार र सहनीले पत्रकार साहलाई सपहीको जुगुवा र ककरी गाविसबीच सखुवाबाट दुई किलोमिटर उत्तरतर्फ जङ्गलछेउ कुलाको खाली चौरमा लगेका थिए।</p> <p style="text-align:justify">त्यसपछि सहनीले साहको कन्चट र छातीमा एक-एक गोली प्रहार गरेका थिए (पत्रकार साहलाई टाउकोमा गोली हानी हत्या गरिएको थियो भन्ने पुष्टि शव परीक्षण प्रतिवेदनबाट पनि हुन्छ)।</p> <p style="text-align:justify">प्रतिवेदन अनुसार, हत्या गरेपछि उनीहरूले चौधरीकै निर्देशनमा खाल्टो खनेर पुरेका थिए।</p> <p style="text-align:justify">पत्रकार सम्मेलनमा कँडेलले भनेका थिए, &ldquo;पत्रकारमाथि कुनै पनि किसिमको बल प्रयोग नगर्ने पार्टी नीति र निर्णय हुँदाहुँदै पनि व्यक्तिवादी र अराजक प्रवृत्तिका कारण पत्रकार साहको अपहरणमा स्थानीय कार्यकर्ताको संलग्नताले पार्टीलाई अझ गम्भीर एवं चिन्तित बनाएको छ।&nbsp;</p> <p style="text-align:justify">हत्यामा संलग्न भएकालाई कारबाही गर्ने जिम्मेवारी हाम्रो पनि हो। कारबाहीका निम्ति सहयोग माग गरे सरकारलाई सहयोग गर्न तयार छौं।&rdquo; तर, हाल थुनामा रहेका अभियुक्त रामएकवाल सहनीले वीरेन्द्र साहको हत्याका बारेमा आफूमाथि लागेका आरोपहरू अस्वीकार गरेका छन्।</p> <p style="text-align:justify">अदालतमा बयान दिने क्रममा सहनीले &ldquo;आफू डेढ वर्षअघि भारतको पञ्जावमा काम गर्न गएको र ५ महिना पहिले मात्रै घर फर्किएको&rdquo; बताएर घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। २२ कात्तिकमा बारा जिल्लाको डुमरवाना ७ स्थित टागियावस्ती नजिकै जङ्गलमा गाडिएको अवस्थामा साहको शव भेटिएको थियो।</p> <p style="text-align:justify">प्रहरीले राजधानीबाट झिकाएका तालिमप्राप्त कुकुरको सहयोगमा शव गाडिएको ठाउँ पत्ता लागेको बताएको थियो। खाल्डो खनेर हेर्दा शव घोप्टो पारेर पुरिएको, कलम, चस्मा, प्रेस कार्ड र नागरिकताको प्रमाणपत्र साथैमा थियो। सो खाल्डोमा गोलीका खोका समेत भेटिएका थिए।</p> <p style="text-align:justify">पत्रकार साहको २३ कात्तिकमा परम्परा अनुसार दाहसंस्कार गरियो। यो मुद्दा अहिले पनि बारा जिल्ला अदालतमा विचाराधीन छ। साहको अपहरण र हत्यामा संलग्न भएको अभियोगमा रामएकवाल सहनी र मनेजर गिरी पुर्पक्षका निम्ति वीरगञ्ज जेलमा छन्।</p> <p style="text-align:justify">घटनाका बारेमा थाहा पाउनेहरूले गरेको वस्तुस्थिति मुचुल्कामा &lsquo;लालबहादुरको संलग्नता देखिएकाले उनका सहयोगी मनेजर गिरी पनि संलग्न भएको विश्वास लाग्छ&rsquo; भन्ने बयान दिएका छन्।</p> <p style="text-align:justify">त्यसै आधारमा बारा जिल्ला अदालतले पनि &ldquo;वस्तुस्थिति मुचुल्काका कतिपय व्यक्तिहरूले पनि प्रतिवादी (गिरी) को संलग्नता भएकोमा विश्वास लाग्छ भनी कागज गरेको अवस्थामा &lsquo;कसुर वारदातमा यी प्रतिवादीको समेत संलग्नता नरही निज विल्कुलै निर्दोष रहेछन् भनी भन्न सकिने अवस्था नरहेकाले&rsquo; पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई पुर्पक्षका लागि थुनामा राख्ने&rdquo; भन्ने आदेश दिएको थियो।</p> <p style="text-align:justify">तर, गिरी लालबहादुर चौधरीको सहयोगी हुन् भन्ने बाहेक प्रहरीले उनीविरुद्ध कुनै स्वतन्त्र प्रमाण जुटाउन सकेको छैन। यस्तो अवस्थामा मनेजर गिरीलाई थुनामा राख्नुको आधार स्पष्ट हुन्न।&nbsp;</p> <p style="text-align:justify"><em>नागरिक दैनिक</em>ले प्रकाशित गरेको एक समाचार अनुसार अपहरणका मुख्य अभियुक्त कुन्दन फौजदार अहिले (२०६६ मङ्सिर) श्री गम्भीरब्रज किशोर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् भने हरेराम पटेल रामजानकी प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा छन्।</p> <p style="text-align:justify">लालबहादुर चौधरी सार्वजनिक भएका छैनन् तर उनी अहिले पनि माओवादी पार्टीको जिल्ला तहमा छन्। २३ असोज २०६६ मा बाराको कलैयास्थित शिक्षक तालिम केन्द्रमा एकीकृत माओवादीका सेक्रेटरी शम्भु मण्डलको अध्यक्षतामा सम्पन्न जिल्ला स्तरीय बैठकले लालबहादुर चौधरी र कुन्दन फौजदार लगायतलाई जिल्ला समितिको सचिवालय सदस्यमा राखेको छ।</p> <p style="text-align:justify">अज्ञात समाचार स्रोतलाई उद्धृत गर्दै <em>नागरिक दैनिक</em>ले दिएको समाचार अनुसार, ५७ सदस्यीय सचिवालय सदस्यमा ५४ नम्बरमा लालबहादुर चौधरीको नाम र ५६ नम्बरमा कुन्दन फौजदारको नाम रहेको छ।</p> <p style="text-align:justify"><strong>पढ्नुहाेस्</strong></p> <p style="text-align:justify"><strong><a href="https://dekhapadhi.com/news/8077" target="_blank">बाराका पत्रकार विरेन्द्र साह हत्याका मुख्य अभियुक्त नरेन्द्र फौजदार पक्राउ</a></strong></p>
प्रतिक्रिया दिनुहोस्