डडेल्धुरा। बैतडीमा भएकाे जीप दुर्घटनामा गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुर लगिएकाे छ। दार्चुला दुहु गाउँपालिका-४, खिमडीका प्रेमबल्लब जोशी र दुहु-२, हिकिलाका हरकसिंह बडाललाई हेलिकप्टरमार्फत् कोहलपुर लगिएको हाे।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले घाइतेद्वयलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि कोहलपुर पठाइएको बताए। उनले अन्य घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा नै उपचार भइरहेको जानकारी दिए।
आज बिहान धनगढीबाट दार्चुला जाँदै गरेको जीप दुर्घटना हुँदा चाकल दार्चुला दुहु-२ का धनसिंह बडालको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्।
" /> डडेल्धुरा। बैतडीमा भएकाे जीप दुर्घटनामा गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुर लगिएकाे छ। दार्चुला दुहु गाउँपालिका-४, खिमडीका प्रेमबल्लब जोशी र दुहु-२, हिकिलाका हरकसिंह बडाललाई हेलिकप्टरमार्फत् कोहलपुर लगिएको हाे।डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले घाइतेद्वयलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि कोहलपुर पठाइएको बताए। उनले अन्य घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा नै उपचार भइरहेको जानकारी दिए।
आज बिहान धनगढीबाट दार्चुला जाँदै गरेको जीप दुर्घटना हुँदा चाकल दार्चुला दुहु-२ का धनसिंह बडालको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्।
">