काठमाडौं। जारी सिजन चौंथो पटक म्यानचेस्टर युनाइटेडले शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग आज प्रतिस्पर्धा गर्दैछ। यसपटक युनाइटेडले सिटीलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा आथित्यता प्रदान गर्नेछ।

म्यानचेस्टर डर्बीको यो १८२औं खेल पनि हो। जारी सिजन प्रिमियर लिगको पहिलो भेटमा युनाइटेडले इत्तिहाद रंगशालामा सिटीलाई २–१ ले हराएको थियो। त्यसपछि काराबाओ कपमा युनाइटेड घरेलु मैदानमा सिटीसँग ३–१ ले पराजित भएको थियो भने अवे खेलमा १–० जितको नतिजा निकालेको थियो। मिश्रित नतिजा निकाले पनि समग्रमा ३–२ को नतिजामा पराजित हुँदै युनाइटेड प्रतियोगिताबाट बाहिरिएको थियो।

सिटीले भने काराबाओ कपको उपाधि नै जित्यो। म्यानचेस्टर डर्बीको पछिल्ला सातमध्ये ६ खेलमा अवे टीमले जितेको छ।

जारी सिजन युनाइटेडलाई आज राति तेस्रो जित निकाल्ने मौका छ। सबैखाले प्रतियोगितामा युनाइटेड पछिल्लो नौ खेलमा अपराजित छ। युनाइटेडले ६ खेलमा जित निकालेको छ भने तीन खेल बराबरी खेलेको छ।

सिटी भने सबैखाले प्रतियोगताका पछिल्लो पाँच खेलमा विजयी भएको छ। सिटी लिगमा पछिल्ला आठमध्ये एक खेलमा मात्र पराजित भएको छ। सिटीले ६ खेल जितेको छ भने एकमा बराबरी खेलेको छ।

लिभरपुलभन्दा २२ अंकले पछाडि रहे पनि साविक विजेता सिटी लिगमा बाँकी सबै खेल जित्दै शीर्ष क्लबमाथि दबाब कायम राख्न चाहन्छ। त्यस्तै, युनाइटेड शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन प्रयासरत छ।

सिटी ५७ अंकका साथ दोस्रो स्थानमा छ। जुन एक खेल बढी खेलेको लिभरपुलभन्दा २२ अंकले कम हो। युनाइटेड ४२ अंकका साथ पाँचौं स्थानमा छ, जुन चौंथो स्थानको चेल्सीभन्दा तीन अंकले पछाडी हो।

सिटी र युनाइटेड दुबैलाई खेलाडीको चोटले सताएको छ। युनाइटेडका रक्षक ह्यारी मग्वाएर र सिटीका मिडफिल्डर केभिन डी ब्रुयना चोटका कारण खेल्नेमा शंका छ। तथापि, गहिरो चोट नभएको र महत्वपूर्ण खेल भएका कारण दुबैलाई खेलाउने सम्भावना उत्तिकै छ। मग्वाएरको अभ्यासका क्रममा कुर्कुच्चामा चोट लागेको थियो भने डी ब्रुयनाको ढाडमा समस्या छ। चोटकै कारण डी ब्रुयनाले शेफिल्ड युनाइटेडविरुद्धको खेल गुमाएका थिए।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले डी ब्रयना ‘पूर्ण फिट नभए पनि राम्रो सुधार’ भएको बताएका छन्।  युनाइटेडका एक्सेल टुएनजेबे फिट भएका छन्। तर, ड्यानियल जेम्स र एरोन वान–विसाकाले भने अभ्यास गरेका छैनन्।

म्यानचेस्टर युनाइटेडले २२ फागुनमा मात्र एफए कपमा डर्बी काउन्टीलाई पराजित गरेको थियो। सिटीले भने २० फागुनमा शेफिल्ड युनाइटेडलाई हराएको थियो। सिटीले युनाइटेडभन्दा एक दिन बढी आराम गर्ने अवसर पाएको छ।

“उनीहरुले २४ घण्टा बढी आराम गर्ने मौका पाएका छन्। आज डर्बी खेल थियो भने हामीलाई बिहीबार रातिको तालिका किन राखियो मैले बुझेको छैन,” युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सारले भने।

प्रिमियर लिग खेलमा सिटी ओल्ड ट्राफोर्डमा लगातार तेस्रो जितको लक्ष्यमा छ। आज जित निकालेमा सिटीले १९३१ पछि पहिलो पटक ओल्ड ट्राफोर्डमा लगातार तेस्रो जित निकाल्नेछ।

" /> काठमाडौं। जारी सिजन चौंथो पटक म्यानचेस्टर युनाइटेडले शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग आज प्रतिस्पर्धा गर्दैछ। यसपटक युनाइटेडले सिटीलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा आथित्यता प्रदान गर्नेछ।

"> म्यानचेस्टर डर्बीः ओल्ड ट्राफोर्डमा लगातार तेस्रो जितको लक्ष्यमा सिटी : Dekhapadhi
म्यानचेस्टर डर्बीः ओल्ड ट्राफोर्डमा लगातार तेस्रो जितको लक्ष्यमा सिटी

प्रतिक्रिया दिनुहोस्