मोटरसाइकल ठोक्किँदा कंचनपुरमा एकको मृत्यु, तीनजना घाइते
कैलाली। कंचनपुरको पुनर्वासमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्।

पुनर्वास नगरपालिका- ८ मा से. ४ प ६९६६ नम्बरको मोटरसाइकल र म. २ प ५२२ नम्बरको मोटरसाइकल ठोक्किँदा १६ वर्षीय दिनदयाल रानाको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते पुनर्वास नगरपालिका-९ बीचफाँटाका १८ बर्षिय धर्मेन्द्र सुनार गम्भीर घाईते भएका छन।

त्यसैगरी पुनर्वास नगरपालिका- ७ गाउँका अर्जुन राना र गोदाबरी नगरपालिका अत्तरिया कैलालीका अनिल लामिछाने सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक वकिल बहादुर सिँहले जानकारी दिए।

घाईते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्