क्रिकेटको ब्याट भाँचेको निहुँमा ५१ वर्षीया महिलामाथि तेजाब प्रहार
काठमाडौं। क्रिकेटको ब्याट भाँचेको निहुँमा कपिलवस्तुमा ५१ वर्षीया महिलामाथि तेजाब प्रहार भएको छ।

ब्याट्रि पसल गर्ने हरिनारायण वराईले स्थानीय बेदमतीदेवी गुप्तालाई तेजाब प्रहार भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले देखापढीलाई बताए।

“क्रिकेटको ब्याट भाँचेको भन्ने निहुँमा आपसमा झै-झगडा भएको देखिन्छ”, उनले भने,“त्यसपछि ती महिलामाथी तेजाब प्रहार गरिएको रहेछ।”

तेजाब प्रहार गरिएकी महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको अनुहार र शरीर जलेको छ।

ती महिलाको अहिले युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।

प्रहरीले तेजाब प्रहार गर्ने २९ वर्षीय हरिनारायण वराईलाई पक्राउ गरिसकेको छ। उनले ब्याट्रिमा प्रयोग गरिने तेजाब महिलाको शरीरमा प्याकेका थिए।

उनीहरूबीच २/३ वर्षदेखि नै घरायसी विवादमा झै-झगडा हुने गरेको खुलेको छ।

प्रहरीले तेजाब प्रहार गर्ने वराईविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ।

अदालतबाट म्याद थपेर कारबाही प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक खरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्