प्रहरी प्रधान कार्यालयले भने रिक्त रहेका डीआईजी, एसएसपी लगायतका पदमा बढुवाका लागि आवश्यक प्रक्रिया शुरु गरिएको जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता, डीआईजी शैलेश थापा क्षेत्री बढुवाका लागि आवश्यक तयारीको काम भइरहेको बताउँछन्।
तीनजना डीआईजी एआईजी बढुवामा सिफारिस भइसकेकाले अब एकैपटक २२ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्ने प्रक्रिया अघि बढाउने प्रहरी प्रधान कार्यालयको तयारी छ।
२२ डीआईजीका लागि ३५ एसएसपी प्रतिस्पर्धामा
प्राविधिकसहित ६३ जना एसएसपी रहेको नेपाल प्रहरीमा तीमध्ये ३४ जनाबीच डीआईजी बढुवामा प्रतिस्पर्धा हुने देखिएको छ।
डीआईजी बन्न एसएसपीहरु घनश्याम अर्याल, पुरुषोत्तम कँडेल, गणेशबहादुर ऐर, वसन्तकुमार पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशकुमार लाल कर्ण, दिलीपकुमार चौधरी, देवबहादुर बोहरा, रामकृपाल शाह, सौरभ राणा, उमेश रन्जितकार, सुरेश बस्नेत मुख्य प्रतिस्पर्धामा छन्।
यी १३ जना अहिले एआईजीमा बढुवा भएका शैलेश थापा क्षेत्री र हरि पालका ब्याची हुन्। राणा भने डीआईजी बढुवामा नपर्ने सम्भावना देखिन्छ।
उनी यौन दुर्व्यवहारको आरोपमा निलम्बनमा परेकाले बढुवामा नपर्ने प्रहरी अधिकृतहरू बताउँछन्।
त्यस्तै बढुवाका लागि उत्तमराज सुवेदी, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, दिवेश लोहनी, रविन्द्र धानुक, सहकुल बहादुर थापा, प्रदिपकुमार श्रेष्ठ, अरुणकुमार विसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला पनि प्रतिस्पर्धामा छन्।
प्रहरी नियमावली २०७१ को नियम २७ (१) (ख) अनुसार डीआईजीको बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, आईजीपी सदस्य र आईजीपीले तोकेको एआईजी सदस्य-सचिव रहन्छन्।
बढुवाका लागि बस्ने समितिले ज्येष्ठता, कार्यदक्षता, कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर बढुवा गर्नुपर्छ।
केही दिनमा नै बढुवा समितिको बैठक बसेर बढुवा सिफारिस गर्ने तयारी भइरहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।
डीआईजीको दरबन्दी कटौतीको चर्चा
डीआईजीमा बढुवाका लागि तयारी भइरहँदा नेपाल प्रहरीमा डीआईजीको दर्बन्दी नै कटौती गर्ने चर्चा पनि शुरु भएको छ। यसले बढुवाका आकांक्षीहरुमा तनाव थपेको छ।
डीआईजीको दरबन्दी कटौतीको प्रस्ताव गृहमन्त्रालयले अघि सारे पनि प्रहरी प्रधान कार्यालयले भने यो प्रस्तावमा सहमति जनाएको छैन।
अहिले कायम दरबन्दी कटौती भएमा डीआईजीमा बढुवा हुने आशामा रहेका धेरैजना रोकिनेछन्।
३१ एसएसपीका लागि ४० एसपी प्रतिस्पर्धामा
२२ जना एसएसपी डीआईजीमा बढुवा भएपछि रिक्त हुने एसएसपीमा बढुवाका लागि पनि प्रहरीमा दौडधुप शुरू भइसकेको छ।
एसएसपीका लागि ४० जना प्रहरी उपरीक्षक (एसपी) प्रतिस्पर्धामा छन्। प्रहरीमा ९ जना एसएसपीको पद पद यसअघि नै रिक्त छ। २२ जना डीआईजीमा बढुवा भए थप २२ सहित ३१ जना एसएसपीको दर्बन्दी खाली हुनेछ।
एसएसपीमा बढुवाका लागि एसपीहरु विरेन्द्र वस्याल, भरत बोहरा, रविन्द्र केसी, नवराज भट्ट, कुबेर कडायत, केदार ढकाल, राजेन्द्र विष्ट, विष्णु केसी, राजेश बास्तोला, सुदिप गिरी, जनक भट्टराई, दुर्गा सिंह, विकास खनाल, कृष्ण महत, लालमणी आचार्य, गोविन्द साह, उमाशंकर पंजियार, किरण राणा, अर्जुन चन्द, राजकुमार वैदवार प्रतिस्पर्धामा छन्।
त्यसैगरी, जनक पाण्डे, मुकेश सिंह, हृदय थापा, यज्ञविनोद पोखरेल, सुरेन्द्र मैनाली, कृष्णहरी शर्मा, अशोक सिंह, चक्रबहादुर सिंह, भोला रावल, रमेश थापा, सुदिपराज भण्डारी, अनुराग द्धिवेदी, चन्द्रकुवेर खापुङ, मधुसुदन लुईँटेल, दिल्ली पन्त, धुव्र रावत, मोहन पोखरेल, राजेन्द्र खड्का, टीका केसी र योगबहादुर पाल पनि एसएसपीमा बढुवाका लागि प्रतिस्पर्धामा छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीमा हाल १४ प्रतिशत दरबन्दी रिक्त छ। एसपीमा १७ जना, प्रहरी नायव उपरीक्षक (डीएसपी) मा ५५, प्रहरी निरीक्षकमा २१९, प्रहरी नायव निरीक्षकमा ४१७, प्रहरी सहायक निरीक्षकमा एक हजार आठ, प्रहरी हवल्दारमा एक हजार २२२ र प्रहरी जवानमा सात हजार ७७२ दरबन्दी रिक्त छ।
" />

">