आफैँलाई गोली हानेर सशस्त्रका जवान गम्भीर घाइते

सर्लाही। सर्लाहीमा ड्युटीमा खटिएका एक सशस्त्र प्रहरी जवान आफैँलाई गोली हान्दा गम्भीर घाइते बनेका छन्।

सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत आनन्द मिश्रा आफैँले बोकेको एसएलआरबाट घाँटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए।

सर्लाही बलरा नगरपालिका घर भएका घाइते मिश्राको मलंगवास्थित जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपश्चात थप उपचारको लागि वीरगंज पठाइएको छ।

घटनामा अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले बताएको छ। रासस

प्रतिक्रिया दिनुहोस्