अव्यवहारिक लाग्ने समझदारी गर्नु परेपनि पार्टी एकीकरण गर्न सकेकोमा सन्तुष्ट : कमल थापा

काठमाडौं। राष्‍ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकता गर्दा केही अव्यवहारिक जस्तो लाग्‍ने समझदारी गर्नु परेपनि पार्टी एकताबद्ध गर्न सकेकोमा सन्तुष्ट भएको बताएका छन्।

आज बिहान ट्वीटमार्फत थापाले एकता महाधिवेशनबाट निर्वाचित अध्यक्षको हैसियतले आफ्नै कार्यकालमा पार्टी एकीकरण गर्न सकेकोमा खुसी भएको बताएका हुन्।

'अब विगतका त्रुटी कमिकमजोरीबाट पाठ सिकेर अघि बढौं। राप्रपाले देश बचाउने र बनाउने शक्ति बनाऔं' थापाले लेखेका छन्।

उनले पार्टीलाई जनताले भरोसा गर्नसक्ने बलियो विकल्प बनाउने दाबी गर्दै नयाँ उर्जाका साथ संगठन निर्माणमा जुट्न कार्यकर्ताहरूमा आव्हान गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच हिजो, २४ फागुन राति एकीकरण सहमति भएको थियो।

एकीकृत राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र अंगीकार गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्