भोजपुरमा नेत्रविक्रम चन्द समूहका विद्यार्थी नेता पक्राउ <p>भोजपुर। प्रहरीले नेत्रविक्रम चन्द समूहका अनेरास्ववियू (क्रान्तिकारी) का जिल्ला समिति सदस्यलाई पक्राउ गरेको छ।</p> <p>पौवादुङ्मा गाउँपालिका&ndash;१ श्यामसिको एलम्बर चोकमा रहेको एक होटेलबाट विद्यार्थी नेता आत्मा राईलाई पक्राउ गरिएको भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिए।</p> <p>राईको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।</p> <p>लुकेर गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा राईलाई त्यस ठाउँबाट पक्राउ गरिएको मगरले बताए।</p>
प्रतिक्रिया दिनुहोस्