राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना
<p>काठमाडौं। ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै राष्‍ट्रपति विद्यादेवी भण्डारीले लैंगिक समानताका लागि क्रियाशील सबैमा उत्साहका साथ काम गर्ने प्रेरणा मिलोस् भन्‍ने कामना गरेकी छन्।</p>
<p>आज एक शुभकामना सन्देश मार्फत् राष्ट्रपति भण्डारीले महिलाहरूको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानको रूपमा मनाउन लागिएको महिला दिवसको उद्देश्य साकार पार्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिएकी छन्।</p>
<p>'नेपालको संविधानले लैंगिक समानताको प्रत्याभूति गर्नका निम्ति महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको छ । यसबाट महिलाप्रति हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको छ', राष्‍ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, 'सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरिएका दिगो विकास लक्ष्यहरू लैंगिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच पुर्‍याउने जस्ता विषयहरू महिलाको हक संरक्षण र सम्वर्द्धनमा केन्द्रित रहेका छन्। यी लक्ष्यहरू हासिल गर्न नीति, संरचना र कार्ययोजनासहित नेपाल सरकार अगाडि बढिरहेको छ।'</p>
प्रतिक्रिया दिनुहोस्
