बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, छ यात्रु घाइते
कैलाली। बैतडीको पाटन नगरपालिका-६ खोड्पेको पनतोली मोडमा आज बिहान सवा दुई बजे जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको। दुर्घटनामा  छ यात्रु घाइते भएका छन्।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप सडकबाट करीब २५० मिटर तल खसेर दुर्घटना हुँदा चालक दार्चुला दुहुँ गाउपालिका-२ का  ३५ वर्षीय धनसिंह बडालको मृत्यु भएको बैतडी प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेयले बताए।

जिप दुर्घटनामा घाइते भएका दार्चुला दुहु गाउपालिका- ४ की २० वर्षीया हेमन्ती बम, वडा नम्बर- ३ खेती बस्ने वर्ष २२ कि द्रोपती जोशी, वडा नम्बर- २ हिकिला बस्ने वर्ष ३८ को हरकसिंह बडाल, वडा नम्बर- ४ खिमडी बस्ने वर्ष २३ का सुरेन्द्र बम, ४१ वर्षका प्रेमबल्लभ जोशी र ४१ वर्षकै धनराज जोशी  छन्।

प्रहरीका अनुसार घाइतेमध्ये बडालको अवस्था गम्भीर छ।

घाईतेहरू सबैको प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्