काठमाडौं। एलेक्जेन्डर लाकाजेटको गोलमा आर्सनलले आज घरेलु मैदानमा वेष्ट ह्याममाथि १–० को संघर्षपुर्ण विजय हासिल गर्यो। जितसँगै आर्सनलले इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्ने आशा जिवित बनाएको छ।
खेल सकिन १२ मिनेट बाँकी रहँदा लाकाजेटले गरेको गोल आर्सनललाई जिताउन पर्याप्त बन्यो। जितसँगै आर्सनल २८ खेलबाट ४० अंकका साथ नवौं स्थानमा छ। जुन चौथो स्थानको चेल्सीभन्दा पाँच अंकले मात्र पछाडी हो।
मेसुट ओजिलले हेडमार्फत दिएको पासलाई लाकाजेटले गोलमा परिणत गरेका थिए। तर, लाइन्सम्यानले अफसाइडको झन्डा उठाएपछि रेफ्रीले भिडियो सहायक रेफ्री(भिएआर)को सहारा लिए। भिएआरको निर्णय आर्सनलको पक्षमा आयो। पछिल्लो चारमा खेलमा लाकाजेटको यो तेस्रो गोल हो।
गोलको केही राम्रा अवसर गुमाएको वेष्ट ह्याम २७ अंकका साथ १६औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रमा बर्नमाउथसँग बराबर अंक हो। तथापी गोल अन्तरमा वेष्ट ह्याम अगाडी रहेको हो। चाडो गरी भएको खेलमा बर्नमाउथले लिभरपुललाई २–१ को नतिजा सुम्पिएको थियो।
आर्सनलले घरेलु मैदानमा लगातार तीन लिग खेल जितेको फेब्रुअरी २०१९ पछि यो पहिलो हो। २० डिसेम्बरमा मिकेल अर्टेटा प्रशिक्षकमा नियुक्त भएपछि आर्सनलले लिगमा एक खेलमात्र हारेको छ।
छैटौं स्थानको शेफिल्ड युनाइटेडले रेलिगेशन क्षेत्रमा रहेको नर्विच सिटीलाई १–० ले हरायो। भने उल्भरह्याम्पटन र ब्राइटनले गोलरहित बराबरी खेले। क्रिष्टल प्यालेसले वाटफोर्डलाई तथा न्युक्यासलले साउथह्याम्पटनलाई पनि समान १–० को नतिजामा पराजित गर्यो।