माेटरसाइकलले ठक्कर दिँदा कैलालीमा पैदलयात्रीकाे मृत्यु
<p>कैलाली। कैलालीको पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका-३, कुचैनीमा माेटरसाइकलले ठक्कर दिँदा साेही ठाउँका लोकबहादुर खत्रीको मृत्यु भएको छ।</p>
<p>पैदल हिंडिरहेका खत्रीलाई से ७ प ९११८ नम्बरको मोटरसाइकलले ठक्कर दिएकाे हाे।</p>
<p>ठक्करबाट गम्भीर घाइते भएका खत्रीकाे उपचारका क्रममा सेती प्रादेशिक अस्पातल धनगढीमा मृत्यु भएको कैलाली प्रहरीले जनाएकाे छ।</p>
<p>ठक्कर दिने माेटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएकाे कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
