जब पारस कुचो समातेर पशुपति सरसफाइमा निक्ले
काठमाडौं। सरसफाइ अभियानकर्मी केपी खनाल एउटा प्रस्ताव लिएर पूर्वयुवराज पारस शाह कहाँ पुगे। प्रस्ताव थियो, सरसफाइ अभियानमा सहभागिता जनाइदिनेबारे।

आफ्नो प्रस्ताव पारसले अस्वीकार गर्ने त होइनन् भन्ने खनालमा चिन्ता थियो। तर, जब उनले पारसलाई भेटेर प्रस्ताव राखे उनी प्रफुल्लित भएर फर्किए।

खनालको प्रस्तावमा पारसले भने, ‘युवाहरूले गर्ने काममा मेरो सधैँ सहयोग हुन्छ, म आउँछु।’

आज शनिबार बिहान ७ बजे पशुपति मन्दिर क्षेत्रमा सरसफाइ कार्यक्रम गरियो। रातिदेखि नै परेको पानीका कारण कतै कार्यक्रम नै रद्द गर्नुपर्ने अवस्था त आउने हो कि भन्ने अभियानकर्मी खनालको मनमा लागिरहेथ्यो। तर, पारसले नै पानी रोकिएपछि सरसफाइ गरौंला, स्थगित नगरौं भनेको खनाल बताउँछन्।

बिहान ९ बजेतिर पानी रोकियो। र, सरसफाइ अभियान शुरू भयो। पारसले कुचो समातेर एकछिन बढारे।

सिमसिम पानी परिरहेका बेला पारस गाडी चढेर पशुपतिनाथ पुगेका थिए। मन्दिर परिसर सरसफाइमा सरिक भएका पारसले अभियानको सफलताको शुभकामना व्यक्त गरे।

शुरूमा खनालले पारसलाई माला लगाएर स्वागत गरेका थिए। कार्यक्रमको शुरुआतअघि खनालले मन्तव्य राखेपछि पारसलाई पनि बोल्न भनियो। तर, उनी बोलेनन्।

लगत्तै पारसले सरसफाइ अभियानको शुरुआत गरे। “यो अभियान दुई वर्षदेखि जारी छ। पूर्वयुवराज आएर अभियानलाई थप उचाइ प्रदान गर्नुभयो”, सरसफाइ अभियानकर्मी खनालले देखापढीसँग भने।

प्रतिक्रिया दिनुहोस्