काठमाडौं। घोष्ट राइटिङ नेपाल (लेखन कुञ्ज) ले गायक शिव परियारलाई अभिनन्दन गरेको छ। नेपाली गीत संगीत क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै परियारलाई अभिनन्दन गरिएकाे हाे।
काठमाडौंको थापागाउँस्थित कुञ्ज थिएटरमा आयोजित ‘गीत गजल र शीतल’ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, गजलकार शीतल कादम्बिनी गुरुङ, कवि तथा गीतकार विप्लव प्रतीक, नेपाल टेलिभिजनका निर्देशक टंक पन्तलगायतले परियारलाई सम्मान गरेका थिए।
विगत लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा कर्णप्रिय स्वर र सुमधुर संगीतका माध्यमबाट अमूल्य योगदान पुर्याउँदै आएकोमा उच्च मूल्यांकन गर्दै कदरपत्र प्रदान गरिएको आयोजक घोष्ट राइटिङ नेपालले जनाएको छ।
गायक परियारको गीत ‘पिउँदिन भन्दा भन्दै पिलायो साथी’ निकै चर्चित बनेको थियो। त्यस्तै ‘आँशुको अर्थ के थाहा’ गीतलाई पनि दर्शकको राम्रो साथ मिलेको थियो।
लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय रहेका परियारका मोक्ष्य, स्वयम्, कदम्बिनी, क्या दामी भो, फाटेको मन, पागल, कथाले मागेपछि, ओन्ली यू मेरो साथी, टाढाको साथी लगायतका अल्बम बजारमा छन्।
उनी सन् २०१६ मा नेपाल सरकारबाट राष्ट्रिय प्रतिभा पुरस्कारबाट समेत सम्मानित भएका थिए। गत पुसमा गायक परियार अमेरिकाको कला पुरस्कारबाट पनि सम्मानित भएका थिए।
अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीकाउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएका थिए। गायक परियारले आफ्नो सांगितिक यात्रामा ५०० भन्दा बढी गीत गाइसकेका छन्।
" /> काठमाडौं। घोष्ट राइटिङ नेपाल (लेखन कुञ्ज) ले गायक शिव परियारलाई अभिनन्दन गरेको छ। नेपाली गीत संगीत क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै परियारलाई अभिनन्दन गरिएकाे हाे।काठमाडौंको थापागाउँस्थित कुञ्ज थिएटरमा आयोजित ‘गीत गजल र शीतल’ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, गजलकार शीतल कादम्बिनी गुरुङ, कवि तथा गीतकार विप्लव प्रतीक, नेपाल टेलिभिजनका निर्देशक टंक पन्तलगायतले परियारलाई सम्मान गरेका थिए।

">