काठमाडौं। मोहम्मद सालाह र सडियो मानेको गोलमा लिभरपुलले आज बर्नमाउथलाई २-१ ले पराजित गरेको छ। लगातार दुई खेलमा पराजित भएको लिभरपुलले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै ३० वर्षपछि प्रिमियर लिगको उपाधि यात्रालाई थप मजबुत् बनाएको छ।
लिभरपुल घरेलु मैदानमा १-० ले पछि परेको थियो। तथापि माने र सालाहले लिभरपुललाई जोगाए।
यसअघि प्रिमियर लिगमै वाटफोर्ड भ्रमणमा ३-० को अप्रत्यासित हार बेहोरेको लिभरपुल ४ मार्चमा पनि एफए कपमा चेल्सीसँग २-० ले पराजित भएको थियो।
एनफिल्डमा लिभरपुलले नवौं मिनेटमा गोल खाएको थियो। जेफर्सन लेर्माको क्रसमा कलुम विल्सनले गोल गर्दै भ्रमणकारी बर्नमाउथलाई अग्रता दिएका थिए।
सालाहले २५औं मिनेटमा बराबरी गोल फर्काए। सालाहले मानेको पासमा गोल गरेका हुन्।
मानेले ३३औं मिनेटमा गरेको गोल लिभरपुललाई तीन अंक दिलाउन निर्णायक बन्यो। मानेले रक्षक भर्जिल भान डाइकले मैदानको मध्यभागबाट दिएको सुन्दर पासलाई मानेले कुनै गल्ती नगरी पोष्टको दिशा दिएका हुन्।
जितसँगै लिभरपुलले शीर्ष स्थानमा २५ अंकको अग्रता लिएको छ। लिभरपुलले २९ खेलबाट ८२ अंक जोडेको छ। दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ५७ अंकका साथ दोस्रो स्थानमा छ। सिटी भाेलि, ८ मार्चमा डर्बी खेलका लागि म्यानचेस्टर युनाइटेडको भ्रमणमा निस्कनेछ।
" /> काठमाडौं। मोहम्मद सालाह र सडियो मानेको गोलमा लिभरपुलले आज बर्नमाउथलाई २-१ ले पराजित गरेको छ। लगातार दुई खेलमा पराजित भएको लिभरपुलले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै ३० वर्षपछि प्रिमियर लिगको उपाधि यात्रालाई थप मजबुत् बनाएको छ।लिभरपुल घरेलु मैदानमा १-० ले पछि परेको थियो। तथापि माने र सालाहले लिभरपुललाई जोगाए।

">