काठमाडौं। जिमखाना फाइट नाइटको तेस्रो संस्करण आज ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) नाइट क्लबमा भइरहेको छ। यस संस्करणमा पनि १६ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।
फाइटमा बक्सिङतर्फ चार तथा मुवाँथाईतर्फ चार फाइट हुनेछन्। जिमखाना मुवाथाईको आयोजनामा भइरहेको फाइटमा मुख्य इभेन्टको मुवाँथाई ६० किलो तौलमा नेपालका करण बज्राचार्य र थाइल्यान्डका फाफायाओ जीराडेचले प्रतिस्पर्धा गरेका छन्।
बक्सिङतर्फ ६५ किलो तौलसमूहमा मनिष डंगोल र भारतका शिव कुमारबीच फाइट हुनेछ।
त्यस्तै अन्य मुवाँथाई फाइटमा ६५ किलो तौल समूहमा दिविज पिया र सन्तोष खत्री, ७० किलो तौल समूहमा कोसिस श्रेष्ठ र सुमन घिसिङ, ६० किलो तौल समूहमा लाक्पा शेर्पा र सन्दीप गुरुङबीच प्रतिस्पर्धा भइरहेको छ।
बक्सिङतर्फको फाइटमा रवि सुनवार र प्रतीक तामाङ, ५५ किलो तौल समूहमा रोविन थापा र बुद्ध लामा, ६० किलो तौल समूहमा पुरन सुनवार र जेनिश गुरुङबीच प्रतिस्पर्धा भइरहेको छ।
प्रत्येक फाइट पाँच राउण्डको हुनेछ। प्रत्येक राउण्ड तीन मिनेटको हुनेछ। र, प्रत्येक राउण्डको समाप्तीपछि एक मिनेटको विश्राम हुनेछ।
" />