आहा रारा गोल्डकपः टाइब्रेकरबाट पुलिस क्लबले बनायो अन्तिम चारमा स्थान
काठमाडौं। विभागीय टीम नेपाल पुलिस क्लबले आज ओयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै  आहा रारा गोल्डकपको अन्तिम चारमा स्थान बनाएको छ।

पोखरा रंगशालामा निर्धारित ९० मिनेटको समय १–१ को बराबरी सकिएपछि नतिजाका लागि टाइब्रेकरसम्म कुर्नुपरेको थियो। भरत शाहले ७४औं मिनेटमा नेपाल पुलिस क्लबलाई अग्रता दिएका थिए। पेनाल्टी क्षेत्रमा रहेको भरतले निरकुमार राईको लामो क्रसलाई छातीले नियन्त्रणमा लिँदै बायाँ खु्ट्टाले हानेको प्रहार गोलमा परिणत भएको थियो।

सहाराका अजय श्रेष्ठले अन्तिम मिनेटमा बराबरी गोल फर्काएपछि खेल थप समयमा धकेलिएको हो। दोस्रो हाफमा इन्जुरी समय चार मिनेट थपिएको थियो। इन्जुरी समयको अन्तिम मिनेटमा मानबहादुर तामाङको क्रसमा अजयले बराबरी गोल फर्काएका हुन्। थपिएको तीस मिनेटमा गोल भएन र खेल टाइब्रेकरमा धकेलियो।

टाइब्रेकरमा पुलिस क्लबका अनुप लिम्बुले गोल नगरे पनि अरू सबैले गोल गरे। अनुपको प्रहार सहाराको गोलकिपर अर्पण कार्कीले बचाइदिएका थिए। पुलिस क्लबका भरत शाह, सौजन राई, हेम तामाङ र सुमन सुवेदीले गोल गरेका थिए। सहाराका सिइवे युरिच र त्रिदेव गुरूङले गोल गरेनन्।

युरिचको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले रोकिदिएका थिए भने त्रिदेवको प्रहार आकाशिएको थियो। सहाराका आशिष गुरूङ र अजयले गोल गरेका थिए।

पुलिस क्लबले सिधै क्वार्टरफाइनलमा स्थान बनाएको थियो भने सहाराले ब्रिगेड ब्वाइजलाई ३–२ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो।

प्रतियोगितामा आईतबार मनाङ मस्र्याङ्दी र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्