धनगढी उपमहानगरपालिकाद्वारा परीक्षा सञ्‍चालनका लागि विद्यालय बन्द नगर्न आग्रह
कैलाली। २५ फागुनदेखि धनगढीका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेकाे धनगढी उपमहानगरपालिकाले परीक्षा सञ्चालनका लागि विद्यालय बन्द नगर्न आग्रह गरेको छ।

आज उपमहानगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै सबै विद्यालयहरूलाई समयमै परीक्षा शुरू गर्न निर्देशन दिएकाे छ।

नाेवेल काेराेना भाइरसकाे जाेखिम बढेकाे भन्दै २३ फागुनमा उपमहानगरपालिकाले अर्काे सूचना जारी नभएसम्मका लागि २५ फागुनदेखि लागू हुने गरी विद्यालय बन्द गर्न निर्देशन दिएकाे थियाे।

संघीय सरकारकाे परिपत्रअनुसार ५ चैतभित्र वार्षिक परीक्षा सम्पन्न गर्न निर्देशन दिएपछि साेहीअनुसार गर्न उपमहानगरपालिकाले भनेकाे छ।

धनगढी उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत महादेश जोशीले संघीय सरकारको परिपत्रअनुसार नै परीक्षा हुने बताए।

धनगढी उपमहानगरपालिकाभित्र १०७ निजी र ७३ सामुदायिक विद्यालय छन्।

प्रतिक्रिया दिनुहोस्