पोखरा। नापी कार्यालय कास्कीले मोबाइल एप सेवा शुरू गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले ‘नापी पोखरा SOKP’ नामक मोबाइल एपको बारेमा तयारी पारिएको भिडिओ क्लिक गरेर मोबाइल एप सार्वजनिक गरेकी हुन्।
नापी विभागले आयोजना गरेको नाप नक्शासम्बन्धी दुईदिने सीप विकाससम्बन्धी गोष्ठी समापन समारोहमा उनले कास्कीबाट शुरू भएको सेवा देशभर लागू गरिने बताइन्।
उनले प्रविधिले छिटोछरितो सेवा लिन, सुशासनका निम्ती महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। “अनुचित कुरामा दबाब दिइँदैन, ऐनकानूनले नदिने कुरामा नलाग्नुस्”, उनले कर्मचारीलाई निर्देशन दिँदै भनिन्, “सेवाग्राहीको काममा ढिलासुस्ती नगर्नुस्।”
नापी विभागका महानिर्देशक प्रकाश जोशीले प्रविधिको उच्चतम प्रयोग गर्दै अगाडि बढेको भन्दै कार्यालयको छबी पनि सुधार गर्ने कार्यमा लागेको बताए।
नापी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रमुख नापी अधिकृत खीमलाल गौतमले नेपालको भूमि प्रशासनमा शुद्धता ल्याउनका निम्ति नापी कार्यालय कास्कीद्वारा ‘नापी पोखरा SOKP’ मोबाइल एप तयार गरिएको जानकारी दिए।
नापी कार्यालय कास्कीबाट दिइने दैनिक सेवाहरु टोकन लिन, फर्म भर्न, कित्ताकाट, हालसाविक भिडाउन, नक्शा प्रिन्ट, नक्शा ट्रेश उतार, प्लट रजिष्टर उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण एपमार्फत् लिन सकिनेछ।
एपमा कार्यालयबाट सेवा लिनका लागि आवश्यक विभिन्न निवेदनका ढाँचाहरू उपलब्ध छ। कुन सेवा कसरी लिन सकिन्छ त्यसको जानकारी, कार्यालयका सूचना/जानकारी, गुनासो तथा उजुरी गर्ने व्यवस्था समेत एपमा राखिएको छ।
" /> पोखरा। नापी कार्यालय कास्कीले मोबाइल एप सेवा शुरू गरेको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले ‘नापी पोखरा SOKP’ नामक मोबाइल एपको बारेमा तयारी पारिएको भिडिओ क्लिक गरेर मोबाइल एप सार्वजनिक गरेकी हुन्।

">