सुँगुरको मासु खाँदा पाँचथरमा २ कैदीको मृत्यु, २ जना सिकिस्त

पाँचथर। सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका २ जना कैदीको मृत्यु भएको छ। अन्य २ जना सिकिस्त बिरामी छन्।

१९ असोज राति सुँगुरको मासु खाएपछि बिरामी परेका फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय वुद्धि केरुङ र फिदिम नगरपालिका–१०, याङनामका अन्दाजी ३३ वर्षीय जयप्रकाश जवेगुको मृत्यु भएको पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

केरुङको पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। जवेगुलाई झापा लैजादै गर्दा २० गते राती बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ।

कुम्मायक गाउँपालिकाका दिनेश खजुम र सुन्दर राई बिरामी छन् । उनीहरुको बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ।

दशैँको अवसरमा कैदीहरुले १९ असोजमा कारागारभित्रै सुँगुर ल्याएर काटेका थिए। शुरुमा झाडापखाला लागेपछि उनीहरुलाई अस्पतालमा लगिएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्