चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते <p>काठमाडौं। मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। भीमफेदी गाउँपालिका-९ स्थित आफ्नै घरमै सुतिरहेको अवस्थामा आज विहान करीब साढे चार बजे चट्याङ लागेर घाइते भएका विजय स्याङत्यानको उपचारका क्रममा मृत्यु भएको हो।</p> <p>२३ वर्षीय स्याङत्यानको हेटौंडा अस्पतालमा उपचारका क्रममा साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टीका बहादुर कार्कीले जानकारी दिए।&nbsp;</p> <p>प्रवक्ता कार्कीका अनुसार सँगै सुतेकी उनकी श्रीमती सविता सामान्य घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेको छ। २ वर्षीय छोरालाई भने केही नभएको पनि कार्कीले <em>देखापढी</em>लाई बताए।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्