काठमाडौं। नेपालका जुनियर ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल जर्मनीको बर्लिनमा जारी योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजबाट बाहिरिएका छन्। बर्लिनमा गएराति भएको प्रि–क्वाटरफाइनलमा प्रिन्स पराजित भएका हुन्। पुरुष यु–१९ एकलतर्फ प्रि–क्वाटरफाइनलमा प्रिन्स फ्रान्सका यानिस गौडिनसँग २–१ सेटमा पराजित भएका हुन्।
पहिलो सेटमा उनले फ्रान्सेली खेलाडी गौडिनलाई २१–१८ अङ्कले हराएका थिए। दोस्रो र तेस्रो सेटमा भने उनले कम ब्याक गर्न सकेनन्। प्रिन्सले दोस्रो सेट १२–२१ अङ्कले तथा तेस्रो सेट पनि १२–२१ अङ्कले नै गुमाएको जर्मनीमै रहेका उनका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिए। यसयसअघि उनले लगातार तीन खेल जित्दै अन्तिम १६ मा स्थान बनाएका थिए।
प्रिन्सले पहिलो खेलमा जर्मनीका कियन यु ओइलाई २–१ सेटमा तथा दोस्रो खेलमा अस्ट्रियाका लेनी सुदर्मालाई २–० ले तथा तेस्रो खेलमा जर्मनीका बेन्नेट पिटर्सलाई २–० सेटमै पराजित गरेका थिए। दार्चुला सदरमुकाम खलङ्गा घर भएका १६ वर्षीय प्रिन्स हाल ललितपुरको जाउलाखेलीस्थित डाँफे इङ्ग्लिस बोर्डिङ स्कूलमा नौ कक्षामा अध्ययनरत छन्।
प्रिन्स गत साता नेदरल्यान्डमा भएको योनेक्स डच जुनियर इन्टरनेसनल सिरिजमा पनि प्रि–क्वाटरफाइनलबाटै बाहिरिएका थिए। उनी प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेयका खेलाडीसित पराजित भएका हुन्। विश्व ब्याडमिन्टन संघले गत साता जारी गरेको जुनियरतर्फको विश्व बरीयतामा प्रिन्स १०औं स्थानमा पुग्न सफल भएका थिए। यो नेपाली ब्याडमिन्टल खेलाडीको हालसम्मकै ठूलो सफलता हो।
" /> काठमाडौं। नेपालका जुनियर ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल जर्मनीको बर्लिनमा जारी योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजबाट बाहिरिएका छन्। बर्लिनमा गएराति भएको प्रि–क्वाटरफाइनलमा प्रिन्स पराजित भएका हुन्। पुरुष यु–१९ एकलतर्फ प्रि–क्वाटरफाइनलमा प्रिन्स फ्रान्सका यानिस गौडिनसँग २–१ सेटमा पराजित भएका हुन्।पहिलो सेटमा उनले फ्रान्सेली खेलाडी गौडिनलाई २१–१८ अङ्कले हराएका थिए। दोस्रो र तेस्रो सेटमा भने उनले कम ब्याक गर्न सकेनन्। प्रिन्सले दोस्रो सेट १२–२१ अङ्कले तथा तेस्रो सेट पनि १२–२१ अङ्कले नै गुमाएको जर्मनीमै रहेका उनका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिए। यसयसअघि उनले लगातार तीन खेल जित्दै अन्तिम १६ मा स्थान बनाएका थिए।

">