काठमाडौं। अर्धशतक बनाएका शाहीद वासिफले जेम्स जोन एटकिनसनसँग ६० रनको साझेदारी गरेपछि हङकङले आज एसीसी ट्वान्टी-२० इस्टर्न रिजनमा मलेसियालाई ६ विकेटले हराउँदै एशिया कप छनोट प्रतियोगितामा स्थान पक्का गरेको छ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो। १३३ रनको लक्ष्य हङकङले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो। जितसँगै हङकङ दोस्रो स्थानमा रहेर मलेसियामा हुने एशिया कप छनोट प्रतियोगितामा स्थान बनाएको छ।
चारमध्ये तीन खेलमा विजय हासिल गरेको हङकङले ६ अंक जोडेको छ। आजै सिंगापुर र नेपालबीचको पहिलो खेल चिसो आउटफिल्डका कारण रद्द भएको थियो। खेल रद्द भएपछि अंक बाँडेको सिंगापुरले सात अंकका साथ शीर्ष स्थानमा रहेर एशिया कपमा स्थान बनाएको छ।
सिंगापुरले नेपाल, थाइल्यान्ड र हङकङलाई पराजित गरेको थियो। मलेसियाले यसअघि नेपाल र थाइल्यान्डलाई हराएको थियो। सिंगापुर र हङकङले अब मलेसियामा हुने एशिया कप छनोट प्रतियोगिता खेल्नेछ।
चार देशको सहभागिता रहने एशिया कप छनोटमा सिंगापुर र हङकङका साथै युएई र कुवेतले प्रतिस्पर्धा गर्नेछन्। युएई र कुवेत वेस्टर्न रिजनबाट छनोट भएका हुन्। मलेसियामा अगष्टमा हुने प्रतियोगिताको विजेता टीमले एशिया कपमा स्थान बनाउनेछ।
मलेसियाका वीरन्दीप सिंहले ३३, सेद अजिज सेद मुबारकले ३०, खिजर हायत दुरानीले २२, अहमद फैज मोहम्मद नूरले १७ तथा शर्भिन मुनिएन्दीले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
हङकङका मोहम्मद अजिज खानले दुई विकेट लिए भने हारून मोहम्मद अर्शद, इशान खान, अफताब हुसैन र बारकत वाकसले एक/एक विकेट लिए।
हङकङका शाहीदले ४९ बलमा पाँच चौका र एक छक्कासहित ५० रन बनाए। जेम्स जोनले अविजित ३३ रन बनाए। किनचित शाले १७ रन बनाए। हारून महम्माद १९ रनमा अविजित रहे। जेम्स र शाहीद चौथो विकेटका लागि ४७ बलमा ६० रनको साझेदारी गरेका थिए। त्यसअघि शाहीदले जितकत खान मोहम्मदसँग पहिलो विकेटका लागि १३, तथा किनचित शासँग दोस्रो विकेटका लागि २६ रनको साझेदारी गरेका थिए।
मलेसियाका पवनदीप सिंहले दुई तथा सेज्रुल इजत इद्रुस र मुहम्मद फित्री मोहम्मद सामले समान एक विकेट लिए।
" /> काठमाडौं। अर्धशतक बनाएका शाहीद वासिफले जेम्स जोन एटकिनसनसँग ६० रनको साझेदारी गरेपछि हङकङले आज एसीसी ट्वान्टी-२० इस्टर्न रिजनमा मलेसियालाई ६ विकेटले हराउँदै एशिया कप छनोट प्रतियोगितामा स्थान पक्का गरेको छ।बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो। १३३ रनको लक्ष्य हङकङले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो। जितसँगै हङकङ दोस्रो स्थानमा रहेर मलेसियामा हुने एशिया कप छनोट प्रतियोगितामा स्थान बनाएको छ।

">