काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना भाइरस संक्रमणका कारण उपमेयर राष्ट्रिय महिला लिग तथा पुरुष राष्ट्रिय टोलीको अभ्यास तत्कालका लागि स्थगित गरेको छ।
एन्फाले हिजो २२ फागुनमा महिला लिगको खेलतालिका सार्वजनिक गर्दै ३ चैतबाट प्रतियोगिता हुने जनाएको थियो।
तर, हिजै राष्ट्रिय खेलकुद परिषदले युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकमा सबै प्रतियोगिता अर्को सूचना जारी नभएसम्म स्थगन गर्न आह्वान गरेको थियो।
राखेपको आह्वानसँगै एन्फाले आज खेल तत्कालका लागि स्थगित गरेको छ। एन्फाले राष्ट्रिय पुरुष टीमको अभ्यास पनि आजैबाट स्थगित गरेको जनाएको छ।
“कोभिड–१९ रोगका कारण सम्पूर्ण गतिविधि र कार्यक्रम तत्कालका लागि स्थगित गरिएको घोषणा गर्नुपर्दा एन्फा दुःखी छ,” एन्फाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “महिला लिगसँगै राष्ट्रिय टीमको ट्रेनिङ पनि रद्द गरिएको छ।”
तथापी, काठमाडौंमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिगको विषयमा भने भोलि, २४ फागुनमा क्लबहरूसँगको बैठकबाट निर्णय लिने एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए।
“यसबारे हामीले केही निर्णय गरेका छैनौं। भोलि क्लबहरूसँग बैठक राखेका छौं। उहाँहरूसँगको सल्लाहमा के गर्ने भन्ने निर्णय हुन्छ,” महासचिव तुलाधरले भने, “स्थगित नै गर्न पनि सक्छौं। भएन भने सकभर छोट्याउने छौं।”
पुरुष फुटबल टोली फिफा विश्वकप २०२२ तथा एशिया कप २०२३ को छनोट प्रतियोगिताअन्तर्गत अस्ट्रेलियार चाइनिज ताइपेईविरुद्धको खेलका लागि तयारी गरिरहेको थियो। नेपालले १३ चैतमा चाइनिज ताइपेई र १८ चैतमा अस्ट्रेलियासँग खेल्ने तालिका थियो।
एन्फाले जिल्ला फुटबल संघलाई सम्पूर्ण कार्यक्रम (फुटबल प्रतियोगितिा) तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको छ। अहिले भइरहेका प्रतियोगिताहरू पनि सरकारसँग अनुमति लिएरमात्र सञ्चालन गर्न निर्देशन दिएको छ।
पढ्नुहोस्
कुनै पनि खेलकुद गतिविधि नगर्न राखेपको आग्रह
राखेपले खेल गतिविध स्थगन गर्ने तयारी गरिरहँदा एन्फाले सार्वजनिक गर्यो खेल तालिका
ईपीएल स्थगित, शुरू नभएका सबै प्रतियोगिता रोकिने
" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना भाइरस संक्रमणका कारण उपमेयर राष्ट्रिय महिला लिग तथा पुरुष राष्ट्रिय टोलीको अभ्यास तत्कालका लागि स्थगित गरेको छ।एन्फाले हिजो २२ फागुनमा महिला लिगको खेलतालिका सार्वजनिक गर्दै ३ चैतबाट प्रतियोगिता हुने जनाएको थियो।

">