काठमाडौं। संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न मुलुकमा शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल चौंथो स्थानमा उक्लिएको छ।
विश्वका १२२ मुलुकले राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत् युद्धग्रस्त र युद्धबाट भर्खरै बाहिर निस्केका मुलुकमा शान्ति सैनिक पठाउने गर्छन्। त्यसमध्ये पाँचौं स्थानमा रहेको नेपाल सैनिक संख्याका हिसाबले भर्खरै चाैंथो स्थानमा उक्लिएको जंगीअड्डाले जनाएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिअनुसार अहिले १२ वटा देशमा नेपाली शान्ति सैनिक कार्यरत छन्। तिनमा कूल पाँच हजार ६५८ सुरक्षाकर्मी रहेकोमा नेपाली सेनाका पाँच हजार ९६ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५६२ जना छन्।
नेपाल राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत् सबभन्दा पहिले सन् १९५८ मा लेवनान मिसनमा पाँच जना सैनिक पर्यवेक्षकमार्फत् सहभागी हुन थालेको थियो।
हालसम्म एक लाख २८ हजार ८९९ जना सैनिकले राष्ट्रसंघीय शान्ति मिसनमा सहभागिता जनाइसकेको जंगी अड्डाले जनाएको छ।
त्यसमध्ये एक हजार ४०१ जना महिला शान्ति सैनिकसमेत सहभागी भएका छन्। अहिले १८१ जना महिला विभिन्न शान्ति मिसनमा कार्यरत छन्।
" /> काठमाडौं। संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न मुलुकमा शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल चौंथो स्थानमा उक्लिएको छ।विश्वका १२२ मुलुकले राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत् युद्धग्रस्त र युद्धबाट भर्खरै बाहिर निस्केका मुलुकमा शान्ति सैनिक पठाउने गर्छन्। त्यसमध्ये पाँचौं स्थानमा रहेको नेपाल सैनिक संख्याका हिसाबले भर्खरै चाैंथो स्थानमा उक्लिएको जंगीअड्डाले जनाएको छ।

">