सहायक रथी कार्कीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान <p>काठमाडौं। नेपाली सैनिक कलेजका सहायक रथी सुरेशकुमार कार्कीलाई आज उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।</p> <p>प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले कार्कीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।</p> <p>१८ फागुनमा भएकाे मन्त्रिपरिषद्को निर्णयानुसार उपरथीमा पदोन्नति भएका कार्कीलाई मध्य पूर्वी पृतना हेडक्वार्टरको जिम्मेवारी दिइएको नेपाली सेनाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्