कैलालीमा १२ गाेलिया अवैध सालकाे काठसहित चारजना पक्राउ
<p>कैलाली। डिभिजन वन कार्यालय कैलालीले अवैध सालको काठसहित चारजनालाई पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेमा घाेडाघाेडी-११, सरैया वसन्त टाेलका गंगाराम बुढा, यज्ञराज बुढा, प्रकाश बुढा र लक्ष्मण उपाध्याय रहेका छन्।</p>
<p>गोठमा लुकाएर राखेको अवस्थामा ७६ दशमलव ०५ क्युफिट बराबरका सालका १२ गोलिया काठसहित उनीहरूलाई पक्राउ गरेकाे डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख वन अधिकृत कृष्ण भट्टले जानकारी दिए। </p>
<p>भट्टका अनुसार पक्राउ परेका चारैजनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
