काठमाडौं। चीनको वुहान शहरबाट शुरू भएको र संसारभर नै महामारीका रूप लिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले महत्वपूर्ण ठूला कार्यक्रम स्थगित गरेको छ।
देशभर नै सरकारका विभिन्न निकाय, निजी क्षेत्र र संघ संस्थाले आयोजना गर्न लागेका अरु थुप्रै कार्यक्रम कोभिड–१९ को त्रासका कारण स्थगित भएका छन्।
सरकारले नै ठूला सभा र समारोह आयोजना नगर्न सबैलाई आह्वान गरेको छ। निकै ठूलो लगानी र तामझामसहित शुरू भएको नेपाल भ्रमण वर्ष २०२० नै सरकारले स्थगित गरेको छ।
जलवायु परिवर्तनबारे विश्वलाई जानकारी दिनेगरी नेपाल सरकारले २० चैतदेखि तीन दिन ‘सगरमाथा संवाद’ आयोजना गर्ने घोषणा गरेको थियो। त्यसको तयारी अघि बढिसकेको थियो। अन्तर्राष्ट्रियस्तरको यो कार्यक्रम सरकारले निकै महत्वका साथ आयोजना गर्न लागेको थियो। तर, कोरोना संक्रमणको जोखिम आकलन गरेर सरकारले सगरमाथा संवाद स्थगित गरेको छ।
कोरोना संक्रमणको त्रासकै कारण देशभरका खेलकुद गतिविधि प्रभावित भएका छन्। विश्वका क्रिकेट स्टारहरू जुटाउने गरी आयोजना गर्न लागिएको एभरेष्ट प्रिमियर लिग (ईपिएल) स्थगित भएको छ। यो फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगिता कीर्तिपुरस्थित मैदानमा १ चैतदेखि १५ चैतसम्म आयोजना हुन लागेको थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले २२ फागुनमा सूचना नै प्रकाशित गरेर खेलकुदका कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ। राखेपका प्रशासन प्रमुख कुलबहादुर थापाले भने, “परिषद्अन्तर्गत सञ्चालन गरिने अत्यधिक भिडभाड हुने सबै किसिमका खेलकुदका प्रतियोगितालगायत अन्य कार्यक्रमहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्न सूचित गरेका छौं।”
४ देखि ८ चैतसम्म भक्तपुरमा आयोजना हुन लागेको भक्तपुर महोत्सव पनि स्थगित भएको छ। भक्तपुर नगरपालिकाले आयोजना गर्न लागेको उक्त महोत्सव अहिलेका लागि स्थगित गरिएको नगरपालिकाका मेयर सुनिल प्रजापतिले बताए। देशैभरका अन्य मेला, महोत्सव पनि हाललाई स्थगित गरिएका छन्।
साहित्य क्षेत्रमा आयोजना गर्न लागिएका सबैजसो कार्यक्रम क्रमशः स्थगित भइरहेका छन्। कतिपय साहित्यकारहरूले सोसल मिडियामा स्टेटस लेखेर सार्वजनिक कार्यक्रमहरूमा सहभागी नहुने बताएका छन्। साहित्यकार नयनराज पाण्डेले फेसबुुकमा लेखेका छन्, “कोरोनाको त्रास नहटुन्जेल कुनै कार्यक्रममा नजाने निर्णय गरेको छु।”
त्यसैगरी, उषा शेरचनले लेखेकी छन्, “पहिल्यै प्रतिबद्धता गरिसकेका कार्यक्रमहरूमा बाहेक अन्य कुनै पनि कार्यक्रममा नजाने सोचिरहेको कुरा क्षमायाचनासहित विनम्रतापूर्वक जानकारी गराउन चाहन्छु।”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश–१ स्तरीय कार्यकर्ता भेला कार्यक्रम हुने दिन बिहान स्थगित गरिएको थियो। नेकपाका शीर्ष नेताहरू सहभागी हुने भनिएको उक्त कार्यक्रम तत्कालका लागि स्थगित गर्न नेकपा केन्द्रीय कार्यालयले निर्देशन दिएको थियो।
उता, धनगढी उपमहानगरपालिकाले त्यहाँका सबै विद्यालय २५ फागुनदेखि बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरूको भिडभाड हुने किसिमका कार्यक्रम आयोजना नगर्न भनेको छ।
अन्तर्राष्ट्रिय अल्ट्रा धावक मीरा राईको अगुवामा हरेक वर्ष भोजपुरमा हुँदै आएको ‘भोजपुर ट्रेल रेस’ स्थगित भएको छ।
" /> काठमाडौं। चीनको वुहान शहरबाट शुरू भएको र संसारभर नै महामारीका रूप लिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले महत्वपूर्ण ठूला कार्यक्रम स्थगित गरेको छ।देशभर नै सरकारका विभिन्न निकाय, निजी क्षेत्र र संघ संस्थाले आयोजना गर्न लागेका अरु थुप्रै कार्यक्रम कोभिड–१९ को त्रासका कारण स्थगित भएका छन्।

">