३० रूपैयाँ पर्ने मास्कलाई १०० रूपैयाँ !
ललितपुर। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,  वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका औषधि पसल अनुगमन गरेकाे छ।
यसैगरी पाटन अस्पताल नजिकै सञ्चालित जीपीपी म्यानकाइण्ड प्रालिले कपडाको मास्क साधारण खरीदको बिलसमेत पसलमा नराखेको र २५ रूपैयाँमा बेच्नुपर्नेमा ५० रूपैयाँ लिएर व्यापार गरेकाे पाइएपछि अनुगमन समितिले  २२ थान मास्क जफत गरेको छ।
बजारमा मास्क तथा औषधिको मूल्य वृद्धि र अभाव भएसँगै उचित मूल्य निर्धारणका लागि आज १२ पसलमा अनुगमन गरिएको हो।
जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खेमप्रसाद भुसालले मुलुकमा कोभिड-१९ को संक्रमणको जोखिम बढ्दै गएको हुँदा आगामी दिनमा सञ्चालकलाई उचित मूल्य लिन तथा सबै वस्तुको खरीदको बिल, प्यान तथा भ्याट राख्न आग्रह गरे।
अनुगमनमा समितिमा विभागका कर्मचारी रेवती ज्ञवाली, विष्णुप्रसाद शर्मा र विकल श्रेष्ठलगायत उद्योग वाणिज्य संघ ललितपुरकी गीता न्यौपाने, प्रहरी प्रभाग लगनखेलका प्रहरी सहायक निरीक्षक रामशर्मा न्यौपाने छन्। रासस
प्रतिक्रिया दिनुहोस्