ब्राउनसुगरसहित धनगढीमा एकजना पक्राउ
<p>कैलाली। वडा प्रहरी कार्यालय धनगढीले ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ।</p>
<p>प्रहरीले धनगढी उपमहानगरपालिका-१ का २६ वर्षीय निमेश थापालाई साेही वडाकाे कृषि हाटबजारबाट ब्राउनसुगरसहित पक्राउ गरेको हाे।</p>
<p>कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्‍नेतले थापाकाे साथबाट एक ग्राम १२० मिलिग्राम ब्राउनसुगर फेला परेकाे जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
