काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ।
आउँदो ६ चैतबाट शुरू हुने कक्षा १० को वार्षिक परीक्षा (एसईई) सर्ने भन्ने गलत तथा भ्रामक समाचारको विश्वास नगर्न सबैलाई अनुरोध गरेको छ।
कोरोना भाइरसबाट जोगिन सजगता अपनाउन भन्दै मन्त्रालयले कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षा भने ५ चैतभित्रै सक्न निर्देशन गरेको थियो।
यो आह्वानसँगै एसईई परीक्षाका बारेमा के हुने भन्ने अन्योल भइरहेका बेला मन्त्रालयका प्रवक्ता, सहसचिव दीपक शर्माले विज्ञप्ति जारी गर्दै एसईई परीक्षा तोकिएकै मितिमा हुने बताएका हुन्।
मन्त्रालयले स्थितिको नियमित समीक्षा र विश्लेषण गरिरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
‘आवश्यकता एवं औचित्यका आधारमा थप निर्णय भएमा यस मन्त्रालय र अन्र्तगतका निकायहरूका आधिकारिक वेवसाइटमार्फत् एवं सार्वजनिक सञ्चार माध्यमहरूद्वारा त्यस्तो सूचना शीघ्र सम्प्रेषण गरिनेछ’ विज्ञप्तिमा भनिएको छ।
‘केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा’ परीक्षा स्थगित भएको र विद्यालयहरू बन्द गर्ने भन्ने खालका गलत समाचार प्रवाह भएको भन्दै मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ।
यसअघि मन्त्रालयले एक सूचना जारी गर्दै कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा ५ चैतभित्र सक्न निर्देशन दिएको थियो। उक्त सूचनापछि देशभका कतिपय विद्यालयमा वार्षिक परीक्षा शुरू भइसकेको छ भने चैत पहिलो हप्ताभित्र सक्नेगरी परीक्षा तालिका सार्वजनिक गरेका छन्।

" /> काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ।

">