कांग्रेस सभापति देउवा र भारतीय राजदूत क्वात्राबीच भेट

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्‍वात्राले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

क्‍वात्राले आज देउवा निवास बूढानीलकण्ठ पुगेर भेटेका हुन्।

देउवा र क्‍वात्राबीच नेपाल–भारत सम्बन्ध र समसामयिक विषयमा छलफल भएको छ।

भेटमा कांग्रेस सभापति देउवाले भारतीय राजदूत क्‍वात्राको सफल कार्यकालको शुभकामना पनि व्यक्त गरे।

२२ फागुनमा राष्‍ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएसँगै क्‍वात्राले राजनीतिक भेटघाट बढाएका छन्।

आज बिहान क्वात्राले नेकपा वरिष्ठ नेता माधव नेपालसँग पनि भेटघाट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्