काठमाडौं। नेपाली सेनाले १६ र १७ फागुनमा पोखरा र तनहुँमा तय भएको भूतपूर्व सैनिक सम्मेलन स्थगित गर्यो। चीनको वुहानबाट शुरू भएको र विश्वव्यापी रूपमै महामारीको रूप लिइरहेको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर सेनाले यो सम्मेलन स्थगित गरेको थियो।
योसँगै सेनाले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको सम्झनामा भोलि, २४ फागुनमा आयोजना गर्न लागिएको ‘एकीकरण टे«ल’ कार्यक्रम पनि स्थगित गरेको छ।
कोरोना भाइरसको संक्रमण संसारभर बढ्न थालेपछि नेपालमा पनि संक्रमणबाट जोगिने तयारीस्वरूप मुलुकको सबभन्दा ठूलो सुरक्षा संगठनले सतर्कता अपनाउन थालेको हो।
सरकारले सकेसम्म भीडभाडमा नजान र भीडभाड हुने गतिविधि नगर्न आह्वान गरेको छ। स्वभावैले सुरक्षा निकायहरू समूहमा बस्छन्। सैनिक ब्यारेक आफैंमा ठूलो संख्या एकीकृत भएर बस्ने ठाउँ हुन्। सैनिक प्रवक्ता, सहायक रथी विज्ञानदेव पाण्डेले मातहतका हरेक निकायमा प्रष्ट रूपमा सर्कुलर पठाइसकिएको देखापढीलाई बताए।
“सर्वसाधारणले अपनाउनुपर्ने सुरक्षाका उपाय र सजगता जस्तै हामीले पनि आन्तरिक रूपमा प्रत्येक युनिटमा सर्कुलर पठाएका छौं”, उनले भने, “हरेक दिन गरिने पिटी र अरु मुभमेन्टलगायत समूहमा गरिने कार्यमा सर्तकर्ता अपनाउन भनिएको छ।”
पाण्डेका अनुसार सैनिक अस्पतालहरूमा कोरोना संक्रमणको लक्षणसँग मिल्दोजुल्दो देखिएका शंकास्पद व्यक्तिलाई राखेर निगरानी गर्न आइसोलेसन वार्ड तयार भएका छन्। काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखरामा रहेका सैनिक अस्पतालसहित प्रदेशहरूमा रहेका मेडिकल टीम र गुल्म तहसम्मलाई समेत तयारी अवस्थामा राखिएको छ।
“ब्यारेक भन्दा बाहिर कुनै कार्यक्रम नगर्न भनिएको छ”, सैनिक प्रवक्ता पाण्डेले भने, “पिटी, परेड लगायतका क्रियाकलाप पनि निकै सतर्क भएर गर्न निर्देशन दिइएको छ।”
सेनाले आफ्ना सबै सदस्यहरूलाई मास्क प्रयोग गर्न, सरसफाइमा ध्यान दिन र हरेक युनिटमा आवश्यक सरसफाइका सामग्री राख्नसमेत निर्देशन दिएको छ।

सबैले मास्क लगाउन सशस्त्रको निर्देशन
सशस्त्र प्रहरी बलले पनि आफ्ना प्रत्येक सदस्यलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्न निर्देशन दिएको छ। प्रत्येक कर्मचारीलाई सुरक्षाका लागि अपनाउनुपर्ने सावधानी अपनाउन र सरसफाइमा ध्यान दिन पत्राचार गरिएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी प्रविणकुमार श्रेष्ठले मातहतका सबै तहका कर्मचारीहरूलाई सचेतनात्मक कार्यक्रम समेत गराइएको बताए।
सशस्त्र प्रहरी बलले नियमित रूपमा तापक्रम चेकजाँच गर्ने, सवारीसाधनमा स्प्रे छर्कन र आवश्यक सुरक्षाका उपायमा ध्यान दिनसमेत निर्देशन दिएको छ। त्यसैगरी, सबै युनिटमा आइसोलेसन रूम बनाउन, सीमा नाकालगायतका ठाउँमा ‘हेल्प डेस्क’ राख्नसमेत पत्राचार गरिएको छ।
“शंकास्पद कर्मचारीलाई छुट्टै राखेर उपचार गर्ने व्यवस्था गरिसकेका छौं”, डीआईजी श्रेष्ठले भने, “सार्वजनिक कार्यक्रम, भेला, पिटी लगायतका क्रियाकलापमा पनि ध्यान दिन भनेका छौं।”
सुरक्षाका लागि खटिनुपर्ने अत्यावश्यक कामबाहेक अन्यत्र नहिँड्न मातहतका सबै युनिटलाई निर्देशन दिइएको उनले बताए।
प्रहरीले भन्यो- ‘अत्यावश्यकबाहेक मापसे जाँच नगर’
सुरक्षा निकायमा पनि सबभन्दा बढी सार्वजनिक स्थलमा खटिने र नागरिकसँग सम्बन्ध राख्ने भूमिकामा हुन्छ, नेपाल प्रहरी। त्यसमा पनि काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी अधिकांश समय भीडभाड हुने सार्वजनिक स्थानमा खटिएका हुन्छन्।
उनीहरूलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सतर्कता अपनाउन थालेको छ। महाशाखा प्रमुख, एसएसपी भीमप्रसाद ढकालले भने, “आम नागरिकजस्तै हामी पनि चनाखो छौं। ड्युटीमा खटिने र अन्य कर्मचारीलाई अनिवार्य रूपमा मास्क लगाउन भनिसकेका छौं।”
ट्राफिक प्रहरीले केही वर्षयता दिनहुँ र कडाईसाथ गर्दै आएको मादक पदार्थ सेवन (मापसे) जाँच अत्यावश्यक अवस्थामा बाहेक नगर्न निर्देशन दिएको छ। मापसे जाँचका लागि प्रयोग गरिने ब्रेथलाइजरको अभावमा ट्राफिक प्रहरीले सवारी चालकको मुख सुँघेर पनि मापसे जाँच गर्दै आएका थिए।
“सवारी चालकको मुख नजिकै सुँघेर जाँच गर्ने काम त बन्द नै गरिसकेका छौं”, एसएसपी ढकालले भने, “ब्रेथलाइजर मेसिनको प्रयोगमा पनि सावधानी अपनाएर मात्र गर्न भनेका छौं।”

ट्राफिक प्रहरी महाशाखाले कोरोना भाइरसको संक्रमणबाट जोगिन सुरक्षाका दृष्टिकोणले मापसे जाँच केही खुकुलो पारिएको उल्लेख गर्दै यस्तो बेला मापसे गरेर जथाभावी सवारीसाधन नचलाउन अनुरोध गरेको छ।
प्रहरीले सबै युनिटलाई अत्यावश्यक अवस्थामा बाहेक कुनै पनि सभा, समारोह, कार्यक्रममा सरिक नहुन निर्देशन दिएको छ। सार्वजनिक स्थलमा हुने कार्यक्रममा पनि सर्तकर्ता अपनाउन भनिएको छ। प्रहरी प्रधान कार्यालयले सातवटै प्रदेश प्रहरी कार्यालय, ७७ वटै जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका सबै प्रहरी युनिटमा यससम्बन्धी परिपत्र गरिसकेको छ।
नेपाल प्रहरीका प्रवक्ता, डीआईजी शैलेश थापा क्षेत्रीले भने, “मास्क लगाउने, भीडभाडमा जाँदा सुरक्षित हुनेलगायत सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ।” उनले प्रहरी अस्पतालमा आइसोलेसनका लागि पनि आवश्यक व्यवस्था गरिएको बताए।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनाका कार्यक्रम अघि बढाउन सबै तहमा पत्राचारसमेत गरिएको नेपाल प्रहरीका सह-प्रवक्ता, एसएसपी उमेशराज जोशीले बताए।
प्रहरीले आज र भोलि, २४ फागुनमा धनगढीमा आयोजना गर्न लागिएको दुई दिने सुरक्षा गोष्ठीसमेत स्थगित गरेको छ।
" /> काठमाडौं। नेपाली सेनाले १६ र १७ फागुनमा पोखरा र तनहुँमा तय भएको भूतपूर्व सैनिक सम्मेलन स्थगित गर्यो। चीनको वुहानबाट शुरू भएको र विश्वव्यापी रूपमै महामारीको रूप लिइरहेको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर सेनाले यो सम्मेलन स्थगित गरेको थियो।योसँगै सेनाले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको सम्झनामा भोलि, २४ फागुनमा आयोजना गर्न लागिएको ‘एकीकरण टे«ल’ कार्यक्रम पनि स्थगित गरेको छ।

">