काठमाडाैं। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायुको प्रभावसँगै पश्चिमी वायु र जलवायुक्त हावाको प्रभाव रहेकाले देशैभर मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्। “मध्यन्नबाट देशैभरि बदली भई हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुनेछ”, उनले भनिन्।

लगातर ठूलो वर्षा नभई क्षणिक वर्षा हुने बताइएको छ। वर्षा छोटो समय हुनेछ। उपत्यकामा पनि दिउँसो बदली भई वर्षा हुने औँल्याइएको छ।

उक्त प्रणालीको प्रभाव पश्चिमी भेगमा बढी पर्ने जनाएको छ।  हाल देशको मध्य तथा पूर्वी भू-भागलगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली छ।

भाेलि, २४ फागुनमा देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा हावाहुरी मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। २५ फागुनमा देशको पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागको एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको र यसका साथै उच्च पहाडी र तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री र अधिकतम ताफक्रम २२ दशमलव ८ डिग्री सेल्सियस छ। यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस छ। रासस

" /> काठमाडाैं। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायुको प्रभावसँगै पश्चिमी वायु र जलवायुक्त हावाको प्रभाव रहेकाले देशैभर मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्। “मध्यन्नबाट देशैभरि बदली भई हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुनेछ”, उनले भनिन्।

लगातर ठूलो वर्षा नभई क्षणिक वर्षा हुने बताइएको छ। वर्षा छोटो समय हुनेछ। उपत्यकामा पनि दिउँसो बदली भई वर्षा हुने औँल्याइएको छ।

उक्त प्रणालीको प्रभाव पश्चिमी भेगमा बढी पर्ने जनाएको छ।  हाल देशको मध्य तथा पूर्वी भू-भागलगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली छ।

भाेलि, २४ फागुनमा देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा हावाहुरी मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। २५ फागुनमा देशको पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागको एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको र यसका साथै उच्च पहाडी र तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री र अधिकतम ताफक्रम २२ दशमलव ८ डिग्री सेल्सियस छ। यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस छ। रासस

"> मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना: Dekhapadhi
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडाैं। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायुको प्रभावसँगै पश्चिमी वायु र जलवायुक्त हावाको प्रभाव रहेकाले देशैभर मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्। “मध्यन्नबाट देशैभरि बदली भई हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुनेछ”, उनले भनिन्।

लगातर ठूलो वर्षा नभई क्षणिक वर्षा हुने बताइएको छ। वर्षा छोटो समय हुनेछ। उपत्यकामा पनि दिउँसो बदली भई वर्षा हुने औँल्याइएको छ।

उक्त प्रणालीको प्रभाव पश्चिमी भेगमा बढी पर्ने जनाएको छ।  हाल देशको मध्य तथा पूर्वी भू-भागलगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली छ।

भाेलि, २४ फागुनमा देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा हावाहुरी मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। २५ फागुनमा देशको पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागको एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको र यसका साथै उच्च पहाडी र तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री र अधिकतम ताफक्रम २२ दशमलव ८ डिग्री सेल्सियस छ। यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस छ। रासस

प्रतिक्रिया दिनुहोस्