धनगढीमा अवैध ब्राेइलर कुखुरा बरामद्
<p>कैलाली। सशस्त्र प्रहरीले भारतबाट अवैधरूपमा नेपाल ल्याउँदै गरेका ब्राेइलर कुखुरा बरामद् गरेकाे छ।</p>
<p>सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणले धनगढीको जुगेडाबाट ल्याउँदै गरेका दुई लाख १० हजार मूल्य बराबरकाे अवैध कुखुरा (करीब एक हजार किलाे बराबर)बरामद् गरेकाे हाे।</p>
<p>बरामद् गरिएका कुखुरा पशु स्वास्थ्य प्राविधिक, क्‍वारेन्टाइन चेक पोष्ट धनगढी, कुखुरा तथा अण्डा उत्पादक किसान संघ र नेपाल ह्याचरी व्यवसायी संघका प्रतिनिधिको राेहवरमा नष्ट गरिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ।</p>
<p>कुखुरा बोक्न प्रयोग गरिएका एक थान माेटरसाइकल र १८ थान साइकल भन्सार कार्यालय कैलालीमा बुझाइएको सशस्त्र प्रहरीकाे भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्
