काठमाडौं। चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति रोकिएको छ। ३० फागुनबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु-२’काे  प्रदर्शन मिति अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको हो।

विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण निर्माण समूहले चलचित्रको प्रदर्शन मिति रोक्न बाध्य भएको हो।

निर्देशक तथा निर्माता सुदर्शन थापाले प्रेस विज्ञप्ति जारी गर्दै ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति तत्काललाई स्थगन गरिएको जनाएका छन्।

नायक पल शाह र नायिका पूजा शर्माको मूख्य भूमिका रहेको ‘म यस्तो गीत गाउँछु २’ तीव्र प्रचारप्रसारका बाबजुद् अहिले आएर प्रदर्शन मिति स्थगन गरिएको हो।

थापाले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पनि पूजा र पल जोडीको रूपमा प्रस्तुत भएका थिए।

शुरूमा यो फिल्म आजबाट प्रदर्शनमा आउने तयारीमा थियो। तर, बलिउड फिल्म ‘बागी ३’ का कारण एक हप्ता पछाडि सरेर फागुन ३० का लागि मिति तोकिएको थियो। तर, कोरोनाका कारण त्यो मितिमा प्रदर्शनमा नआउने भएको हो।

‘म यस्तो गीत गाउँछु २’ मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेललगायतका कलाकारहरूको अभिनय छ। शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन्। पूजा र सुदर्शन फिल्मका निर्माता हुन्।

" /> काठमाडौं। चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति रोकिएको छ। ३० फागुनबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु-२’काे  प्रदर्शन मिति अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको हो।

विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण निर्माण समूहले चलचित्रको प्रदर्शन मिति रोक्न बाध्य भएको हो।

निर्देशक तथा निर्माता सुदर्शन थापाले प्रेस विज्ञप्ति जारी गर्दै ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति तत्काललाई स्थगन गरिएको जनाएका छन्।

नायक पल शाह र नायिका पूजा शर्माको मूख्य भूमिका रहेको ‘म यस्तो गीत गाउँछु २’ तीव्र प्रचारप्रसारका बाबजुद् अहिले आएर प्रदर्शन मिति स्थगन गरिएको हो।

थापाले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पनि पूजा र पल जोडीको रूपमा प्रस्तुत भएका थिए।

शुरूमा यो फिल्म आजबाट प्रदर्शनमा आउने तयारीमा थियो। तर, बलिउड फिल्म ‘बागी ३’ का कारण एक हप्ता पछाडि सरेर फागुन ३० का लागि मिति तोकिएको थियो। तर, कोरोनाका कारण त्यो मितिमा प्रदर्शनमा नआउने भएको हो।

‘म यस्तो गीत गाउँछु २’ मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेललगायतका कलाकारहरूको अभिनय छ। शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन्। पूजा र सुदर्शन फिल्मका निर्माता हुन्।

"> राेकियाे ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति: Dekhapadhi
राेकियाे ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति
काठमाडौं। चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति रोकिएको छ। ३० फागुनबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु-२’काे  प्रदर्शन मिति अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको हो।

विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण निर्माण समूहले चलचित्रको प्रदर्शन मिति रोक्न बाध्य भएको हो।

निर्देशक तथा निर्माता सुदर्शन थापाले प्रेस विज्ञप्ति जारी गर्दै ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति तत्काललाई स्थगन गरिएको जनाएका छन्।

नायक पल शाह र नायिका पूजा शर्माको मूख्य भूमिका रहेको ‘म यस्तो गीत गाउँछु २’ तीव्र प्रचारप्रसारका बाबजुद् अहिले आएर प्रदर्शन मिति स्थगन गरिएको हो।

थापाले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पनि पूजा र पल जोडीको रूपमा प्रस्तुत भएका थिए।

शुरूमा यो फिल्म आजबाट प्रदर्शनमा आउने तयारीमा थियो। तर, बलिउड फिल्म ‘बागी ३’ का कारण एक हप्ता पछाडि सरेर फागुन ३० का लागि मिति तोकिएको थियो। तर, कोरोनाका कारण त्यो मितिमा प्रदर्शनमा नआउने भएको हो।

‘म यस्तो गीत गाउँछु २’ मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेललगायतका कलाकारहरूको अभिनय छ। शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन्। पूजा र सुदर्शन फिल्मका निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्