भोजपुर ट्रेल रेस नहुने <p>भोजपुर। कोरोना भाइरसको सम्भावित संक्रमणप्रति सावधानी अपनाउँदै अन्तर्राष्&zwj;ट्रिय अल्ट्राधाविक मीरा राईको गृह जिल्ला भोजपुरमा तय गरिएको &lsquo;भोजपुर ट्रेल रेस&rsquo; स्थगित गरिएको छ।</p> <p>२४-२५ फागुनमा ट्रेल रेस हुने तालिका सार्वजनिक गरिएको थियो। विगत पाँच वर्षदेखि भोजपुरमा यो रेस आयोजना गरिँदै आइएको छ।</p> <p>मीरा राई फाउण्डेसनले आज विज्ञप्ति निकालेर कोभिड-१९ को जोखिमबाट नेपाल उच्च जोखिममा रहेको विश्&zwj;व स्वास्थ्य संगठनको घोषणासँगै रेस सञ्&zwj;चालन हुने क्षेत्र पौवादुङ्&zwj;मा गाउँपालिकाले महोत्सव, समारोहलगायतका भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरिएकाले रेस स्थगित गरिएको जनाएको छ।</p> <p>मीराको जन्मघर सानोदुम्मादेखि ५० किलोमिटर दूरीको रेस तय भएको थियो, जसमा देश र विदेशका करीब ४०० जना अल्ट्राधावक प्रतिस्पर्धामा आउँदै थिए।</p>
प्रतिक्रिया दिनुहोस्