काठमाडौं। मिस वर्ल्ड टोनी एन सिंह अहिले नेपालमा छिन्। मिस नेपाल आयोजक संस्था हिडन ट्रिजरको पहल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटन मन्त्रालयसँगको समन्वयमा जमैकाकी टोनी २२ फागुनमा (हिजो) काठमाडौं आएकी हुन्। उनीसँग मिस वर्ल्ड आयोजक संस्थाका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्भि डग्ल पनि नेपालमा छन् ।

उनको बसाई काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा छ। नेपाल आएको पहिलो दिन उनले सामाजिक सञ्जालमा तस्वीरहरू सेयर गरिन्। उनले मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडासँगै रमाइरहेका तस्वीर सेयर गरेकी थिइन्।

तीनै जनाले होटलमा रमाइलो गर्दै गरेको भिडियो समेत अनुष्काले आफ्नो इन्स्टाग्रामको डे स्टोरीमा सेयर गरेकी थिइन्।

टोनीसहितको टिमले हिजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग भेट गरे। भेट गर्न जानुअघि टोनी सारीमा सजिएकी थिइन्।

नेपाली ढाकाबाट बनाइएको सारी लगाएर टोनीले इन्स्टाग्राममा तस्वीर सेयर गरिन्। जसमा उनले लेखिन्, ‘‘संसारभरिका पोशाकबारे जान्न र लगाउन पाउँदा मलाई निकै मजा लाग्छ। मैले परम्परागत नेपाली सारी लगाउने अवसर पाएँ।’’
उनीसँगै अनुष्का र श्रृंखलाले पनि ढाकाबाट बनाइएको सारी लगाएका थिए ।

टोनीसहित मिस वर्ल्डको टोलीले सिन्धुपाल्चोक र मकवानपुरमा मिस नेपाल वर्ल्डले बनाइरहेका प्रोजेक्टको अवलोकन गर्नेछन्। त्यसका लागि उनीहरू सिन्धुपाल्चोकको हेलम्बु पुगेका छन्। त्यहाँबाट आजै फर्किएर मकवानपुर जाने र दिउँसो ४ बजे ललितपुर महानगरका मेयरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यले दिउँसो ४ बजे मंगलबजारमा भेट गर्ने कार्यक्रम तय भएको जानकारी दिए। भेटपछि उनीहरूलाई पाटन दरबार स्क्वायरको अवलोकन गराउने कार्यक्रम रहेको बज्राचार्यले बताए। मिस वर्ल्ड टोनीसहितको टोली भोलि स्वेदश फर्किनेछ।

" /> काठमाडौं। मिस वर्ल्ड टोनी एन सिंह अहिले नेपालमा छिन्। मिस नेपाल आयोजक संस्था हिडन ट्रिजरको पहल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटन मन्त्रालयसँगको समन्वयमा जमैकाकी टोनी २२ फागुनमा (हिजो) काठमाडौं आएकी हुन्। उनीसँग मिस वर्ल्ड आयोजक संस्थाका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्भि डग्ल पनि नेपालमा छन् ।

उनको बसाई काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा छ। नेपाल आएको पहिलो दिन उनले सामाजिक सञ्जालमा तस्वीरहरू सेयर गरिन्। उनले मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडासँगै रमाइरहेका तस्वीर सेयर गरेकी थिइन्।

तीनै जनाले होटलमा रमाइलो गर्दै गरेको भिडियो समेत अनुष्काले आफ्नो इन्स्टाग्रामको डे स्टोरीमा सेयर गरेकी थिइन्।

टोनीसहितको टिमले हिजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग भेट गरे। भेट गर्न जानुअघि टोनी सारीमा सजिएकी थिइन्।

नेपाली ढाकाबाट बनाइएको सारी लगाएर टोनीले इन्स्टाग्राममा तस्वीर सेयर गरिन्। जसमा उनले लेखिन्, ‘‘संसारभरिका पोशाकबारे जान्न र लगाउन पाउँदा मलाई निकै मजा लाग्छ। मैले परम्परागत नेपाली सारी लगाउने अवसर पाएँ।’’
उनीसँगै अनुष्का र श्रृंखलाले पनि ढाकाबाट बनाइएको सारी लगाएका थिए ।

टोनीसहित मिस वर्ल्डको टोलीले सिन्धुपाल्चोक र मकवानपुरमा मिस नेपाल वर्ल्डले बनाइरहेका प्रोजेक्टको अवलोकन गर्नेछन्। त्यसका लागि उनीहरू सिन्धुपाल्चोकको हेलम्बु पुगेका छन्। त्यहाँबाट आजै फर्किएर मकवानपुर जाने र दिउँसो ४ बजे ललितपुर महानगरका मेयरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यले दिउँसो ४ बजे मंगलबजारमा भेट गर्ने कार्यक्रम तय भएको जानकारी दिए। भेटपछि उनीहरूलाई पाटन दरबार स्क्वायरको अवलोकन गराउने कार्यक्रम रहेको बज्राचार्यले बताए। मिस वर्ल्ड टोनीसहितको टोली भोलि स्वेदश फर्किनेछ।

"> नेपाली ढाकाको सारी लगाएर दङ्ग मिस वर्ल्ड टोनी !: Dekhapadhi
नेपाली ढाकाको सारी लगाएर दङ्ग मिस वर्ल्ड टोनी !
काठमाडौं। मिस वर्ल्ड टोनी एन सिंह अहिले नेपालमा छिन्। मिस नेपाल आयोजक संस्था हिडन ट्रिजरको पहल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटन मन्त्रालयसँगको समन्वयमा जमैकाकी टोनी २२ फागुनमा (हिजो) काठमाडौं आएकी हुन्। उनीसँग मिस वर्ल्ड आयोजक संस्थाका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्भि डग्ल पनि नेपालमा छन् ।

उनको बसाई काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा छ। नेपाल आएको पहिलो दिन उनले सामाजिक सञ्जालमा तस्वीरहरू सेयर गरिन्। उनले मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडासँगै रमाइरहेका तस्वीर सेयर गरेकी थिइन्।

तीनै जनाले होटलमा रमाइलो गर्दै गरेको भिडियो समेत अनुष्काले आफ्नो इन्स्टाग्रामको डे स्टोरीमा सेयर गरेकी थिइन्।

टोनीसहितको टिमले हिजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग भेट गरे। भेट गर्न जानुअघि टोनी सारीमा सजिएकी थिइन्।

नेपाली ढाकाबाट बनाइएको सारी लगाएर टोनीले इन्स्टाग्राममा तस्वीर सेयर गरिन्। जसमा उनले लेखिन्, ‘‘संसारभरिका पोशाकबारे जान्न र लगाउन पाउँदा मलाई निकै मजा लाग्छ। मैले परम्परागत नेपाली सारी लगाउने अवसर पाएँ।’’
उनीसँगै अनुष्का र श्रृंखलाले पनि ढाकाबाट बनाइएको सारी लगाएका थिए ।

टोनीसहित मिस वर्ल्डको टोलीले सिन्धुपाल्चोक र मकवानपुरमा मिस नेपाल वर्ल्डले बनाइरहेका प्रोजेक्टको अवलोकन गर्नेछन्। त्यसका लागि उनीहरू सिन्धुपाल्चोकको हेलम्बु पुगेका छन्। त्यहाँबाट आजै फर्किएर मकवानपुर जाने र दिउँसो ४ बजे ललितपुर महानगरका मेयरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यले दिउँसो ४ बजे मंगलबजारमा भेट गर्ने कार्यक्रम तय भएको जानकारी दिए। भेटपछि उनीहरूलाई पाटन दरबार स्क्वायरको अवलोकन गराउने कार्यक्रम रहेको बज्राचार्यले बताए। मिस वर्ल्ड टोनीसहितको टोली भोलि स्वेदश फर्किनेछ।

प्रतिक्रिया दिनुहोस्