कोरोना संक्रमणबाट जोगिन शिक्षण संस्था बन्द गर्ने धनगढी उपमहानगरपालिकाको निर्णय <p>कैलाली। कोभिड-१९ बाट जोगिन सावधानी अपनाउँदै धनगढी उपमहानगरपालिका क्षेत्रका शिक्षण संस्थाहरू २५ फागुनदेखि बन्द गर्ने निर्णय गरिएको छ।</p> <p>उपमहानगरपालिकामा बसेको सरोकारवालाहरूको बैठकले नगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूलगायत सम्पूर्ण शिक्षण संस्थाहरूमा अर्को सूचना जारी नभएसम्म आन्तरीक परीक्षा, पठनपाठनलगायतका क्रियाकलापहरू बन्द गर्ने निर्णय गरेको हो।</p> <p>उपमहानगरपालिकाले आज विज्ञप्ति निकालेर कोरोनाको संक्रमण श्&zwj;वासप्रश्&zwj;वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँड्दा, बोल्दा समेत सर्ने जोखिम भएकाले साथीभाईहरूसँग पूर्वतयारी र सावधानीका उपाय अपनाउन भनेको छ।</p> <p>मेयर नृपबहादुर ओडद्वारा हस्ताक्षरित विज्ञप्तिमा कुनै भेला, सभा, महोत्सव लगायतका सार्वजनिक कार्यक्रम नगर्न र भीडभाडमा नजान अनुरोध गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्